Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नेपालले क्यानडामा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने


  • लुम्बिनी चिन्तन
  • भाद्र १९, २०८१ बुधवार
  • 466
    SHARES

नेपालले क्यानडामा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

भैरहवा, भदौ १९ । नेपालले क्यानडामा त्रिकोणात्मक टी–२० सिरिज खेल्ने भएको छ । बुधबार क्यानडा क्रिकेट संघले सिरिजको खेल तालिका प्रकाशित गरेसँगै नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्ने निश्चित भएको हो ।

यो टी–२० आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिज पछि हुने भएको छ । लिग –२ सिरिजमा पनि घरेलु टोली क्यानडा, नेपाल र ओमान सहभागी हुदै छन् ।canda.jpg-2.jpg

खेलतालिका अनुसार सेप्टेम्बर १६ देखि २६ सम्म लिग–२ अन्तर्गतको सिरिज हुने छन् भने २९ सेप्टेम्बरदेखि ३ अक्टोबरसम्म टी– २० सिरिज हुने छ ।

टी– २० सिरिज पछि नेपालले क्यानडासँग एकदिवसीय सिरिज खेल्ने पनि क्यानको बार्षिक क्यालेन्डरमा उल्लेख छ तर यस सिरिजका बारेमा क्यानले अहिले स्पष्ट गरेको छैन । 

हाल नेपाली राष्ट्रिय क्रिकेट टिम लिग– २ को सिरिजको तयारीका लागि श्रीलंकामा अभ्यास गरिरहेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार