Logo
२०८३, कार्तिक ११ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ११ गते

अब महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सार्वजनिक यातायात


  • लुम्बिनी चिन्तन
  • कार्तिक २, २०८१ शुक्रवार
  • 544
    SHARES

अब महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सार्वजनिक यातायात

काठमाण्डौ कात्तिक २/

महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन्। स्वास्थ्य प्रयोजनका लागि काममा हिँडेका महिला स्वास्थ्य स्वयंसेविकाबाट यातायात व्यवसायीहरूले सार्वजनिक यातायातका साधनमा भाडा नलिन सहमति गरिएको हो।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक यातायात व्यवसागीसँग गरेको समझदारीअनुरूप यही कात्तिक १५ बाट स्वयंसेविकाले निःशुल्क सेवा पाउनेछन्। केही समयअघि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले यातायात व्यवसायी राष्ट्रिय महासंघसँग न्यून सुविधामा मातृ शिशु तथा समुदायको स्वास्थ्य सेवाका लागि लामो समयदेखि प्रयत्नरत रहेका स्वयंसेविकालाई कामका सिलसिलामा हुने यातायात निःशुल्क गरिदिन आग्रह गरेका थिए। सोहीअनुरूप महासंघको सहमतिपश्चात् शुक्रबार मन्त्रालयमा यससम्बन्धी समझदारी भएको हो।

मन्त्रालयसँग महासंघले गरेको प्रतिबद्धतामा सामाजिक उत्तरदायित्वअन्तर्गत सम्बन्धित तह रहेको जिल्लाभर तोकिएको जिम्मेवारी पूरा गर्न सार्वजनिक यातायातका साधनमा प्राथमिकता दिएर निःशुल्क आवतजावत गर्न दिने उल्लेख छ। यसका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पोसाकमा वा परिचयपत्र बोकेको हुनुपर्ने महासंघले उल्लेख गरेको छ।

महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले आफूहरूलाई मन्त्री पौडेलले विगतदेखि नै निःशुल्क सुविधाका लागि गरेको आग्रहअनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत सुविधा उपलब्ध गराउने घोषणा गरेको बताए। यस्तै, महिला स्वास्थ्य स्वयंसेविकाहरूको छाता संस्थाकी अध्यक्ष वसन्ती महर्जनले निकै महत्त्वपूर्ण निर्णय भएको भन्दै यसका लागि मन्त्री पौडेल र व्यवसायी महासंघप्रति आभार प्रकट गरेकी छिन्।

हाल देशभर ५२ हजारभन्दा बढी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू कार्यरत छन्।


लुम्बिनी चिन्तन

थप समाचार