Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी अन्तिम चरणमा , ३५ लाख रुपैया खर्च गरेर अस्थाई संरचना निमार्ण


  • लुम्बिनी चिन्तन
  • मंसिर १५, २०८१ शनिवार
  • 468
    SHARES

लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी अन्तिम चरणमा , ३५ लाख रुपैया खर्च गरेर अस्थाई संरचना निमार्ण

 

भैरहवा, मंसिर १५ ।
सिद्धार्थ उद्योग बाणिज्य संघको आयोजनामा आगामी मंसिर २० देखि भैरहवामा सुरु हुने लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेको छ । 
सिदार्थनगर नगरपालिका अंचलपुरमा हुने महोत्सवका लागी आवस्यक अस्थाई संम्रचनाका कामहरु अन्तिम अवस्थामा पुगेको महोत्सव मुल आयोजक समितीका संयोजक तथा उधोग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले जानकारी दिए ।
महोत्सव स्थलमा करिब ३५ लाख खर्च गरेर स्टलहरु निमाणर््ा गरिएको छ । जुन महोत्सव सकिए पछि पुन प्रयोगमा आउदैन । महोत्सव तथा बिभिन्न कार्यक्रम गर्ने स्थाई मण्डलको अभावमा बर्षेनी अस्थाई सम्रचनामा लाखौ खर्च गर्नु पर्ने बाध्यता रहेको अध्यक्ष श्रेष्ठले बताए । 

आर्थिक मन्दीले सिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउने र भैरहवासहित सिंगो लुम्बिनी प्रदेशको आर्थिक गतिविधिलाई बढवा दिने उद्देश्यले संघले महोत्सव आयोजना गरेको हो । 
‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवलाई सफल बनाउन संघले अहिले तयारीको अन्तिम काम गरीरहेको छ । 

collage.jpg
संघका महासचिव कृष्णप्रसाद घिमिरेले महोत्सव नयाँ उद्यम गर्न चाहनेका लागि कलेज भएको बताए । ‘यहाँ आएर नयाँ उद्यम गर्न चाहनेले उद्यमशीलता बन्ने उपाय र योजना सिक्न सक्छन्’, महासचिव घिमिरेले भने, ‘व्यापार गरिरहेकाहरुका लागि यो मेला शिक्षा हो । जो ब्यापार गरेर स्थापित हुनुभएको छ, उहाँहरुका लागि यो अध्ययन हो ।’ उनले मेला भर्न आउने सबैले कुनै न कुनै किसिमले ब्यापारसम्बन्धी ज्ञान पाउने जनाए ।
स्थानीय व्यवसाय प्रबद्र्धनका लागि महोत्सव एक विकल्प हुनसक्छ भनेर हामीले महोत्सव आयोजना गरेका हौं’, संघका कोषाध्यक्ष कमलप्रसाद मरासिनीले भने, । ‘यो महोत्सव हामीले नाफा कमाउने उद्देश्यले आयोजना गरेका होइनौं’, उनले भने, ‘स्थानीय व्यवसायको प्रबद्र्धन गर्नका लागि निरन्तरता दिएका हौं । 
रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा बिस्तार गर्न, यस क्षेत्रको विभिन्न जाती तथा समुदायको कला संस्कृतिको संरक्षण गर्दै बिशेष गरि सिद्धार्थनगर र लुम्बिनीमा देशको आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धन गर्ने, विभिन्न जिल्लाका मौलिक तथा बिशिष्टता पहिचान भएको बस्तु तथा उत्पादनको प्रदर्शनी तथा प्रबद्र्धन गर्ने मुख्य उद्देश्य यस महोत्सवको रहेको संघका सचिव समेत रहेका प्रचारप्रसार संयोजक मंगल भण्डारीले बताए । 
महोत्सव सफल पार्न आयोजक सिद्धार्थ उद्योग बाणिज्य संघको मात्र नभएर यस क्षेत्रका पुरै स्थानीयबासीको महत्वपूर्ण भूमिका रहने संघका बरिष्ठ उपाध्यक्ष नेत्र आर्चायले बताए । महोत्सवको अवलोकन गर्नका लागि उत्साहित बनाउने बतावरण तयार गर्न भैरहवाबासीलाई उनले आग्रह गरे । 
महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा संघको छ । यसअघि आठौपटक सफलतापूर्वक महोत्सव आयोजना गरेको संघले नवौं महोत्सव पनि सफल र भव्य बनाउने जनाएको छ । मर्चवारदेखि मुस्ताङसम्मका उत्पादन महोत्सवमा राखिने संघले जनाएको छ । महोत्सवमा कृषि, पर्यटन, अटो मोबाइल्स, आईटी, घरेलु उत्पादनको विशेष प्रबद्र्धन गरिनेछ । पुस १ गतेसम्म चल्ने महोत्सवमा सिमावर्ती भारतीय सहरबाट पनि सहभागिता रहने भएकाले पर्यटन प्रबद्र्धन तथा आर्थिक गतिबिधि चलायमान हुने विश्वास लिइएको संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार