भैरहवा, मंसिर २० ।
सिदार्थ उधोग बाणिज्य संघको आयोजनामा भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ ।
स्थानीय उत्पादनको बजारीकरण र प्रबद्र्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने पर्यटन क्षेत्रको प्रचार प्रसारमा मद्दत गर्ने उद्देश्य सहित संघले महोत्सव आयोजना गरेको हो ।
बिहीबार महोत्सवको उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कानून संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताए । मुलुकको आर्थिक अवस्था पहिलेको भन्दा सुध्रिँदै गएको जनाउँदै व्यवसायीहरुलाई निराश नहुनआग्रह गरे । ‘निजी क्षेत्रको मनोबल बढ्ने गरि कामगर्न सरकार अग्रसर छ’, रहेको उनले बताए ।
सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरि मूलुक चलायमान बनाउने दावी गरे । ‘सरकार जसरी हुन्छ निजी क्षेत्रको मनोबल बढ्ने गरि कामगर्न लागेको छ’, उनले भने । उद्योगी व्यपारीका समस्या छन्, मजदुरका समस्या छन्, किशोर किशोरीको समस्या छन् ती अब समाधान हुन्छन् भन्ने आम नागरिकमा विश्वास हुँदै गएको पौडेलले बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रि विमानस्थल राष्ट्रकै गौरव भएकोले यसको सञ्चालनमा शंका नगर्न आग्रह गरे । ‘हालको टर्मिनल भवन निर्माण भए पनि त्यो अपुग रहेको बताउँदै अर्को भवन निर्माण गर्न तयारी भइरहेको उनले बताए । ‘विमानस्थलमा अरु काम पनिबाँकी छ पूर्ण क्षमताको विमानस्थल बनाउन आवश्यक पूर्वाधार निर्माण गर्नेछौं’, अर्थमन्त्री पौडेलले भने ।
विमानस्थलबारे सरकारले गरेका निर्णयहरु क्रमशःकार्यान्वयन हुँदैछन् । निजि क्षेत्रले गर्ने कामहरु गर्नुपर्छ । विमानस्थल राम्रोसँग चल्छ । कसरी चल्छ,हामी चलाएर देखाउँछौं पौडेलले भने । भैरहवालाई अझै पूर्वाधार युक्त र पर्यटकलाई आकर्षित गर्नुपर्ने बनाउने बताए । अर्थमन्त्री पौडेलले निर्माणधिन आयोजना देखाउदै निराशा छर्ने काम भएको गुनासो गरे । बुटवल–नारायाणघाट सडकमा केही समस्या देखिए पनि त्यसको समाधानको लागि सम्बन्धित देशसंग समन्वय गरिरहेको जनाए । भैरहवालाई अझै पूर्वाधारयुक्त विकसित बनाउन सरकारले लगानी गर्दै जाने जनाए ।
लुम्बिनी प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेयले मुलुक पर्यटनकै लागि बनेको बताएका । हामीसँग लुम्बिनी छ, तर लुम्बिनीमा पर्यटक आउने बातावरण छैन । यसका लागि काम गरौं उनले भने । पर्यटकलाई दुःखदिएर हुँदैन जथाभावी प्रहरी चेकिङले पर्यटकले दुःखपाइरहेको पाण्डेले बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमदखाँले महोत्सवले भैरहवाको आर्थिक अवस्थालाई बलियो बनाउने बताए । ‘आर्थिक गतिविधि धेरै हुँदा समग्र अर्थतन्त्रलाई फाइदा गर्छ’, उनले भने, ‘यसकालागि यस्ता महोत्सव कोशे ढुंगा सावित हुनसक्छन् उनले भने ।
नेपालउद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले अहिलेको अवस्था उद्योगी–व्यवसायी मैत्री नभएको भन्दै सरकारले निराशालाई आशामा बदल्न नसकेको बताए ।

संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर कुमार श्रेष्ठले अहिलेको विषम् परिस्थितिमा निराशालाई आशामा बदल्ने प्रयास गरिएको जनाए । सबै उत्पादनको एकै थलोमा प्रदर्शन हुने भएकाले सिथिल अर्थतन्त्रलाई चलायमान बनाउने उनले बताए ।
गौतबुद्ध विमानस्थललाई पूर्णक्षमतामा चलाउनु पर्ने, भिषा, म्यानपावर, श्रमस्वीकति, नोअब्जेक्सन लेटर, स्वास्थ्य परीक्षण संस्था लगायत तत्काल खोल्न आग्रह गरे । यस्तै, भारतीय पर्यटकले कम्तिमा ५ हजार डल बोकेर नेपाल आउन पाउनु पर्ने, भैरहवामा नेपाल पर्यटक बोर्डको कार्यालय खोल्नुपर्ने, सेजमा देखिएका समस्या समाधानगर्नुपर्ने, ट्रंकलाइनको समस्या समाधान गरी पीडित उद्योगीलाई सहयोग गर्नुपर्ने, आईसीपीलाई रेल्वे कनेक्सन सम्म जोड्नुपर्ने, भैरहवाबाट सुर्खेत, नेपालगंज, विराटनगर, जनकपुर धनगढी लगायतमा आन्तरिक हवाई उडान संचालन गर्नुपर्ने, बेलहिया नाकामा पर्यटकलाई सहजरुपमा आगमनको व्यवस्था गर्नुपर्ने, भैरहवा बाट बौद्धिष्ट मुलुकमा हवाई उडान गर्नुपर्ने लगायतका माग सरकार सँग राखे ।
३ सय स्टल रहेकोमहोत्सवमा मुस्ताङको अर्गानिक स्याउदेखि दैलेखको घरेलु उत्पादन सम्म प्रदर्शनीमा राखिएको संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले बताए । उनका अनुसार नेपालका ४० जिल्लाका उत्पादन महोत्सवमा प्रदर्शनी हुँदैछ ।
‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूलनाराका साथ आयोजित महोत्सवले निजी क्षेत्रको मनोबल बृद्धि गर्ने अपेक्षा गरिएको महासचिव कृष्णप्रसाद घिमिरेले बताए ।
महोत्सव उद्घाटन अघि करिब ३ सय संघसंस्थाका प्रतिनिधिको सहभागितामा भैरहवाको देवकोटाचोक देखि बाजागाजा सहित विभिन्न जात जातिको सांस्कृतिका झाँकी सहित र्याली निकोलिएको थियो । महोत्सव पुस १ गतेसम्म संचालन हुनेछ । करिब १० करोडको कारोबार हुने अपेक्षागरिएको महोत्सव २ लाखदर्शकले अवलोकनगर्ने आयोजको अपेक्षा छ ।