Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनी महोत्सवः अल्लो र ढाकाका उत्पादनमा उपभोक्ताको आकर्षण


  • लुम्बिनी चिन्तन
  • मंसिर २२, २०८१ शनिवार
  • 340
    SHARES

लुम्बिनी महोत्सवः अल्लो र ढाकाका उत्पादनमा उपभोक्ताको आकर्षण

 


भैरहवा, मंसिर २२ ।

सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवास्थित अचंचलपुरमा जारी महोत्सवमा मुलुकका पाल्पा, सुर्खेत लगायतका ठाउँठाउँबाट ल्याइएका नेपाली उत्पादन अल्लो र ढाकाका कपडा स्थानिय  आम उपभोक्ताहरुको आक्रषण बनेका छन् ।
महोत्सवमा रहेको स्टलमा अल्लो र ढाकाले बुनेको टोपी र साढी–चोली , गलबन्दी, दौरा–सुरुवाल, सर्ट, इस्टकोट लगायतका सबै सामानहरु खरिद गर्नका लागी महोत्सव आका आम उपभोक्ताहरुलाई एकै स्थानमा सहज भएको छ । मेला महोत्सवले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै आईरहेको छ । मंसिर २० गतेदेखि भैरहवास्थित अंचलपुरमा सुरु महोत्सवमा अल्लो र ढाका जस्तै नेपालका ४० जिल्लाका उत्पादन आकर्षण बनेका छन् ।

सुर्खेत बिरेन्द्रनगरकी नन्दाले भैरहवामा पुगेर अल्लोका टोपी, साडी, झोला लगायत बिभिन्न उत्पादनहरु बेच्दै आएकी छन् । नन्दाले बजारको लागि भैरहवाको महोत्सवसम्म आइपुगेको जनाउँदै यहाँ भइरहेको विक्रीबाट हर्षित भएको जनाइन् । नन्दासँगै अल्लोको कपडा लिएर भैरहवा महोत्सवममा आइपुगेकी छन् मानकुमारी पौडेल । सुर्खेतकी मानकुमारी भन्छिन्, ‘आफू एकल महिला भए पनि अल्लो र ढाकाको कपडाहरु बुनेर बजारसम्म पुर्याउने गरेका छु । जहाँ जहाँ मेला हुन्छ, त्यहाँ पुग्छु । नेपाली उत्पादन भनेर धेरैजना खुशी भएर खरिद गर्नुहुन्छ । मानकुमारीले अल्लो र ढाकाको कपडा बेचेर घर खर्च समेत चलाउने गरेको बताइन् ।

महोत्सवमा पाल्पाका व्यवसायीले पनि स्थानीय उत्पादनको स्टल राखेका छन् । पाल्पा तानसेनबाट ढाकाको कपडा लिएर भैरहवा महोत्सवममा आएकी छन्, पुनम अधिकारी । अधिकारीले महोत्सवमा ढाकाबाट बुनिएका थरिथरिका कपडाहरु लिएर आएकी हुन् । पुनम भन्छिन्, ‘बिस्तारै महोत्सवममा आकर्षण बढ्दै गएको छ । विक्रीदर दैनिक राम्रो छ ।’ उनले पाल्पाली ढाका भनेपछि धेरै लालायित हुने जनाइन् । ‘कुर्तासुरुवालदेखि टोपी र कोटपाइन्टसम्म बेचिरहेकी छु’, उनले भनिन् । पुनमले ढाकाको कपडाले महोत्सवममा राम्रो बजार पाउने अपेक्षा गरिन् ।

बाहिरी जिल्लाबाट मात्र होइन बिगत १२ बर्षदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिका कोटिहवामा बसेर ढाकाका समाग्रीहरु उत्पादन गर्दै आएकी लीला गुरुङ पनि भैरहवा महोत्सवमा आएकी छन् । उनले ढाकाको कपडा भनेपछि सबैले माया गर्ने र खरिद गर्न इच्छुक हुने बताइन् । आफूले उत्पादन गरेको ढाकाको सामाग्रीहरु बिदेश
सम्म निर्यात हुने गरेको जनाइन् । लिलाले बेलायत, अष्ट्रेलिया, भारतसम्म आफूले उत्पादन गरेको ढाका पुग्ने गरेको बताइन् । महोत्सवले बजारीकरणमा सहयोग पुगेको उनको भनाई छ । अल्लो र ढाकाका उत्पादन किन्न महोत्सवमा दर्शको बाक्लो भीड लाग्ने गरेको छ ।

नवौं लुम्बिनी राष्ट्रिय महोत्सवममा ४० जिल्लाका बिशेष गरी पूर्व मेचीदेखि पश्चिम दैलेख सम्मका उत्पादन रहेको संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । श्रेष्ठले सस्तो र गुणस्तरिय समान महोत्सवममा उपलब्ध रहेको जानकारी दिए । ‘खासगरी स्वदेशी उत्पादनको प्रबद्र्धन गर्नकै लागि यो महोत्सव आयोजना गरिएको हो’, उनले भने, ‘यसैको उदाहरण ढाका र अल्लोका कपडाहरु हुन् ।’ उनले बजारीकरण राम्रो भए स्वदेशी उत्पादनले मुलुकका लागि ठूलो योगदान दिने जनाए । महोत्सवममा ३ सय स्टल छन् । महोत्सवमा करिव १० करोडको ब्यापार हुने लक्ष्य आयोजकको छ ।


लुम्बिनी चिन्तन

थप समाचार