भैरहवा, १३ चैत्र । स्वस्थ्य दाँतले हाम्रो समग्र स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्दछ । स्वस्थ्य दाँत केवल सौन्दर्यको कुरा होइन, यो हाम्रो समग्र स्वास्थ्यको लागि महत्त्वपूर्ण छ । दाँतको राम्रो हेरचाहले न केवल समग्र स्वास्थ्यलाई जोगाउन मद्दत पुर्याउँछ, तर व्यक्तिको आत्मविश्वास र जीवनको गुणस्तर पनि सुधार्छ । युनिभर्सल कजेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल युसिएमएस भैरहवाले दाँतको समस्याहरुलाई मध्यनजर गर्दै विभिन्न विभागमा दन्त संग सम्बिन्धीत उपचारका सेवाहरु दिदै आईरहेको छ । मानव शरिरको सबै अंगहरुहरु मध्य दाँत एक महत्वपूर्ण र सेन्सिटिभ अङ्ग भएकोले दाँतको हेरचाहलाई अझ बढी प्राथमिकता दिनु आवश्यक रहेको अस्पतालले बताएको छ । अस्पतालका सह–प्राचार्य डा. हेमन्त हलुवाईका अनुसार दैनिक ब्रसिङ र फ्लसिङमा मात्र ध्यान दिने हो भने हाम्रो दाँत स्वस्थ हुने बताउनु भयो ।
“दाँत स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित छ। दाँतमा भएका समस्याले अन्य स्वास्थ्य समस्याहरूको जन्म दिन सक्छ।“ सह–प्राचार्यले बताउनु भयो ।
‘अहिले अस्पतालले कोस्मेटिक डेन्टिस्ट्री, ओरल सर्जरी, पेडोडन्टिक्स, प्रोस्थोडन्टिक्स गरि ९ वटा डिपार्टमा दन्त सम्बन्धि विभिन्न उपचारका सेवाहरु दिइरहेका छौ ।’ उनले थप्दै भने
अस्पतालका इन्टर्न डा. अर्चना घिमिरेले स्वस्थ्य दाँत राख्नका लागि उचित हेरचाह र नियमित डेन्टल चेकअपलाई प्राथमिकता दिनु अत्यन्त आवश्यक रहेको बताउनु भएको छ ।
यसैगरी अस्पतालमा उपचार गराउन आएका जोगेन्द्र बहादुर परियार भन्छन् , अस्पतालको सेवा सुविधा धेरै राम्रो छ ।
पेडोडन्टिक्स विभागमा धेरै जसो दाँत किराले खाएर, गिजा पाकेर वा लास्ट स्टेजमा दाँको समस्या भएर बच्चाहरुलाई लिएर आउने गरेको पाइएको छ । बच्चाहरुको दाँत एकदमै सेन्सिटिभ हुने भएकोले गर्दा यसरी हेलचेक्राई नगर्न सबै अभिभावकहरमा अस्पतालकी इन्टर्न डा. दिव्या चापागाइँले आग्रह गर्नुभयो ।
ओरल सर्जरीका लेक्चरल साहिद अलीले उक्त डिपार्टमेन्टमा दाँतको सर्जरीसम्बन्धी उपचार जस्तैः दाँत निकाल्न, सर्जरीका माध्यमबाट दाँतको समस्याहरू समाधान गर्नु, इम्प्लान्ट राख्ने लगायतका उपचारहरु दिँदै आएको बताउनु भयो ।
दाँत र गिजा सफा र स्वस्थ भएन भने हामी पूर्णतया स्वस्थ रहन सक्दैनौँ । दाँत राम्रो हुँदा मुख राम्रो देखिन्छ । आत्मविश्वास, राम्रो पाचन प्रणाली र समग्र व्यक्तित्वका लागि दाँत स्वस्थ राख्न जरुरी छ । भिटामिन, मिनरल्स र पोषणयुक्त आहारले समग्र शरीर र दाँतलाई पनि स्वस्थ राख्छ । केटाकेटी हुन् वा ठूलाबडा। साधारणतया दाँतको सफाइ दिनको दुईपल्ट गर्न जरुरी छ। बिहान मुख धुने बेलामा र राति सुत्नुअघि टुथपेष्ट लगाएर तीनमिनेट जति लगाएर दाँतको सबै भागमा ब्रस पुर्याएर सफा गर्नुपर्छ। कहिलेकाहीँ राति ब्रस गर्न नभ्याए मुख र दाँतमा अड्केका खानेकुराहरू कमसेकम सफा पानीले भए पनि कुल्ला गरी मुख सफा पारेर सुत्नुपर्छ।