भैरहवा चैत्र २३/
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको आयोजना नयाँ वर्ष २०८२ को पूर्व संध्यामा भैरहवामा हुन लागेको सडक खाना महोत्सवको तयारी तिब्र पारिएको छ ।
नेपाली नयाँ वर्षको अवसरमा चैत ३० गते होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुको आयोजना तथा भैरहवामा रहेका विभिन्न संघ–संस्थाको सहकार्यमा सडक खाना महोत्सव हुन लागेको संगठनका अध्यक्ष राम प्रसाद पोख्रेलले बताए ।
आन्तरिक तथा भारतीय पर्यटकलाई आर्कषित गर्नका लागि भैरहवा स्थित आंखा अस्पताल रोडमा एकदिने सडक खाना महोत्सव आयोजना गर्न लागिएको पोख्रेलले बताए । भैरहवाको व्यवसाय प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रको पुर्नउत्थान गर्ने कार्यक्रमको उद्देश्य रहेको संगठनका महासचिव सुनिल क्षेत्रिले बताए
करिव ७५ वटा स्टल रहने उक्त महोत्सवमा तारे होटल जन्य , रेष्टुरेण्टजन्य साथै थारु, नेवारी, मगर परिकारका विभिन्न स्टलहरु रहन महासचिव क्षेत्रीले बताए । कार्यक्रममा राष्ट्र्यि कलाकारहरु संगै कला संस्कृति, स्थानीय विद्यालय नृत्य, स्थानीय कलाकारहरुबाट प्रस्तुती तथा डिजे रहने छन् ।
महोत्सवमा भैरहवा आसपासका गाउँपालिकाहरुमा बसोबास गर्ने स्थानीयका साथै छिमेकी मुलुक भारतबाट समेत दर्शकहरुको सहभागीता रहने जनाईएको छ ।
महोत्सवले पर्यटन व्यवसाय र विश्व अर्थतन्त्रमा देखा परेको आर्थिक तरलतालाई थोरै भए पनि राहत पाउने अपेच्क्षा गरिएको छ ।
होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रूपन्देहीको आयोजनामा हुन लागेको महोत्सवमा सिद्धार्थनगर, नगरपालिकाको कार्यालय र मदिरा व्यवसायी संग भैरहवा सहआयोजक रहेका छन् ।
एग्रोथाई फ्रुट्स प्रणाली लिमिटेडले कार्यक्रमको मुख्य प्रायोजक रहेको छ भने गोरखा बुअरी प्राली र जाउलाखेल इन्डस्ट्रीज प्राइभेट सह प्रायोजक रहेका छन् ।
त्यसैगरी उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश , नेपाल पर्यटन बोर्ड भृकुटी मण्डप काठमाडौँ , पर्यटन डिभिजन कार्यालय रूपन्देही भैरहवा महोत्सवको प्रवद्रक रहेका छन् ।
त्यसैगरी उद्योग व्यापार संगठन रूपन्देही , होटल व्यवसायी महासङ्घ नेपाल ,होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेश संरक्षक रहेका छन् । सल्लाहकार संस्थाहरूमा सिद्धार्थ सञ्जाल रूपन्देही , सिद्धार्थ उद्योग वाणिज्य संघ रहेको छ ।
सहयोगी संस्थाहरूमा लुम्बिनी प्रेस क्लब भैरहवा , सिद्धार्थ होटल एसोसिएन सान भैरहवा , सोटो नेपाल लुम्बिनी प्रदेश , नाटा लुम्बिनी प्रदेश , र आस्था महिला उद्यमी संघ भैरहवा रहेका छन् ।