Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थ सडक खाना महोत्सवको पूर्व संध्यामा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनद्धारा भैरहवामा सरसफाई


  • लुम्बिनी चिन्तन
  • चैत्र २९, २०८१ शनिवार
  • 686
    SHARES

सिद्धार्थ सडक खाना महोत्सवको पूर्व संध्यामा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनद्धारा भैरहवामा सरसफाई


भैरहवा चैत्र ३०/
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीले शनिवार भैरहवाको रंगशाला सडकमा सरसफाई गरेको छ । संगठनले नयाँ वर्ष २०८२ को अवसरमा  भैरहवामा आयोजना गरेको सिद्धार्थ सडक खाना महोत्सवको पूर्व संध्यामा सरसफाई कार्यक्रम संम्पन्न गरेको संगठनका अध्यक्ष राम प्रसाद पोख्रेलले जानकारी दिए ।   
नेपाली नयाँ वर्षको अवसरमा चैत ३१ गते होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुको आयोजना तथा भैरहवामा रहेका विभिन्न संघ–संस्थाको सहकार्यमा सिद्धार्थ सडक खाना महोत्सव हुदै छ । 
आन्तरिक तथा भारतीय पर्यटकलाई आर्कषित गर्नका लागि भैरहवा स्थित आंखा अस्पताल रोडमा एकदिने सडक खाना महोत्सव आयोजना गर्न लागिएको  पोख्रेलले बताए ।  आईतवार सांझ हुने सडक खाना महोत्सवको सम्पुर्ण तयारी पुरा भएको संगठनका महासचिव सुनिल क्षेत्रीले जानकारी दिए । 
भैरहवाको व्यवसाय प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रको पुर्नउत्थान गर्ने कार्यक्रमको उद्देश्य रहेको संगठनका महासचिव सुनिल क्षेत्रिले बताए 
करिव ७५ वटा स्टल रहने  उक्त महोत्सवमा तारे होटल जन्य , रेष्टुरेण्टजन्य साथै थारु, नेवारी, मगर परिकारका विभिन्न स्टलहरु रहन महासचिव क्षेत्रीले बताए । कार्यक्रममा राष्ट्र्यि कलाकारहरु संगै कला संस्कृति, स्थानीय विद्यालय नृत्य, स्थानीय कलाकारहरुबाट प्रस्तुती तथा डिजे रहने छन् ।
महोत्सवमा भैरहवा आसपासका गाउँपालिकाहरुमा बसोबास गर्ने स्थानीयका साथै छिमेकी मुलुक भारतबाट समेत दर्शकहरुको सहभागीता रहने जनाईएको छ ।
महोत्सवले पर्यटन व्यवसाय र विश्व अर्थतन्त्रमा देखा परेको आर्थिक तरलतालाई थोरै भए पनि राहत पाउने अपेच्क्षा गरिएको छ ।
होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रूपन्देहीको आयोजनामा हुन लागेको महोत्सवमा   सिद्धार्थनगर, नगरपालिकाको कार्यालय र मदिरा व्यवसायी संग भैरहवा सहआयोजक रहेका छन् । 


लुम्बिनी चिन्तन

थप समाचार