नेपाली हुनुमा गर्भ गर्न एक पटक गोरखा पुग्न आग्रह , अडग्रेजलाई जितेको जितगढी किल्लामा बिजय उत्सव मनाउन सुझाव
भैरहवा बैशाख ८
गोरखा पर्यटन बर्ष २०२५ को प्रर्बधन गर्न गोरखा नगरपालिकाको टोली रुपन्देही आईपुगेको छ ।
टोलीले आईतवार भैरहवामा रुपन्देहीका पर्यटनब्यावसायिहरु संग छलफल गरी रुपन्देहीको लुम्बिनी संग गोरखालाई कसरी जोड्न सकिन्छ भन्ने बिषयमा छलफल समेत गरेको छ । साथै गोरखा पर्यटन बर्ष २०२५ लाई सफल बनाउन रुपन्देही र छिमेकी मुलुक भारतका पर्यटकहरुलाई कसरी गोरखा सम्म पुराउन सकिन्छ भन्ने बिषयमा सुझाव समेत टोलीले लिएको छ ।
आफुलाई नेपाली हुनुमा गर्भ गर्ने प्रत्येक नेपाली एक पटक गोर्खा पुग्नु पर्ने गोरखा नगरपालीकाका नगर प्रमुख मेयर कृष्ण बहादुर राना मगरले बताए । त्यसैगरी गोर्खालीको उपनाम दिएको छिमेकी मुलुक भारतका पर्यटकह लाई पनि गोरखा सम्म पुराउन सिद्धार्थनगर नगरपालिकाले समन्वयकारी भुमिका खेलीदिन मेयर रानाले आग्रह गरे ।
नेपाल एकीकरणको अभियान गोरखाबाट भएको उल्लेख गर्दै ‘विभिन्न जातजाति, कला, संस्कृतिले भरिपूर्ण , प्राकृतिक रुपमा सुन्दर ठाउँ गोरखामा धेरै पर्यटक भित्र्याउने अभियानमा साथ दिन उनले आग्रह गरे । ‘विश्वले लुम्बिनी र गोरखालाई चिनेको छ । भगवान बुद्धको जन्मस्थल पवित्रभूमि लुम्बिनी र वीर यौद्धाहरुको कर्मभूमि भनेर गोरखालाई चिनिन्छ, यही दुवै स्थललाई जोड्ेर पर्यटन प्रर्बधनमा अगाडी बढुनु पर्ने उनले बताए ।
अड.ग्रेजलाई जितेको जितगढी किल्लामा बिजयउत्सव मनाउन सुझाव उनले सुझाव दिए । बुटवल उपमहानगरपालिका एक्ललैले गर्दै आएको जितगढी महोत्सव सम्पुर्ण जिल्ला बासी नभएर प्रदेश र केन्द्र सरकार समेतको सहयोगमा बैशाख ७ गते लाई जितगढी बिजय उत्सवको रुपमा बिगुल फुक्ने कार्यक्रम राख्ने र बिदेशी पर्यटहरुलाई आमन्त्रण गर्ने कार्यक्रम बनाउन सुझाव दिए ।
गोरखा नगरपालिका र सिद्धार्थनगर नगरपालिका तथा पर्यटन व्यवसायीबीच पर्यटन सञ्जाल गठन सम्बन्धी अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर रानाले लुम्बिनी आएका पर्यटकलाई गोरखा र गोरखा आएका पर्यटकलाई लुम्बिनी लैजाने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीले आयोजनामा गरेको छलफल कार्यक्रममा बोल्दै संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले पर्यटन क्षेत्रको विकासमा सरकार गम्भिर बन्नुपर्ने बताए । भारतीय गाडी चेकिङको नाममा पर्यटकलाई दुःख दिन नहुने बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोखरेलले लुम्बिनी प्रदेशमा धेरै पर्यटकीय गन्तव्य रहेको बताउदै बुद्ध जन्मस्थल लुम्बिनी र ऐतिहासिक स्थल गोरखा मिलेर पर्यटनको विकासमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।
संगठनका संघका सल्लाहकार कृष्ण प्रसाद अधिकारी (सागर)ले सिद्धार्थनगर र गोरखा नगरपालिकाबीच भगिनी सम्बन्ध कायम गर्नुपर्ने बताए ।
नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापाले पर्यटन प्रवद्र्धनमा गोरखा नगरपालिकाको चासो सकारात्मक रहेको बताए । उनले पर्यटनको विकासका लागि दुवै नगरपालिका मिलेर अगाडि बढ्नुपर्ने बताए । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष पिताम्बर न्यौपाने (विष्णु) ले स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक बेलहिया नाकाबाट भित्रिने गरेको र उनिहरुलाई गोरखा सम्म पुग्ने पुलको काम सिद्धार्थ नगरपालिकाले गर्नु पर्नेमा जोड दिए ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले आर्थिक चलायमानका लागि पर्यटन प्रवद्र्धन आवश्यक रहेको बताउदै सहकार्यमा अगाढी बढ्न सके सफलता हासिल हुने बताए । संगठनका वरिष्ठ उपाध्यक्ष लिलाधर भट्टराईले पर्यटन क्षेत्रमा चुनौति र सम्भावना दुवै भएको बताए । संघकी सचिव कल्पना न्यौपानेले यस्ता कार्यक्रमले पर्यटनको विकासमा थप उर्जा प्रदान गर्ने बताइन् ।
होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका महासचिव गणेश प्रसाद बेल्बासेले सिद्धार्थनगर र गोरखाको आफ्नै पहिचान रहेको बताए । संगठनका कार्यसमिति सदस्य रोमाकान्त भट्टराईले पर्यटन क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताए ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले पर्यटक धेरै आए पनि आएका पर्यटकको बसाई लम्ब्याउने योजना बनाउनुपर्नेमा जोड दिए ।
गोरखा होटल संघ, गोरखाका निवर्तमान अध्यक्ष निधि प्रसाद तिमिल्सिनाले गोरखा नगरपालिकाले गोरखा पर्यटन वर्ष सन् २०२५ मनाइरहेको बताउदै पर्यटन वर्षमा गोरखा भ्रमणमा आउने पर्यटकलाई विभिन्न छुट सुविधा रहेको बताए । संघका सचिव विष्णु प्रसाद तिमिल्सिनाले गोरखा भ्रमण गर्न सिद्धार्थ नगरबासीलाई आग्रह गरे ।
पर्यटन वर्ष सन् २०२५ मनाई रहदा गोरखा भ्रमणका लागी आउनेहरुलाई होटलमा १५ प्रतिशत छुट , प्रदेश स्तरीय कार्यक्रम गर्ने संघ संस्थालाई ब्रेकफाष्ट अथवा ५० हजार सम्म छुट र केन्द्र स्तरीय कार्यक्रम गर्नेहरुलाई डिनर अथवा एक लाख सम्मको सहयोग गर्ने प्याकेज ल्याएको उनले बताए ।
होटल व्यवसायी महासंघ, नेपालका केन्द्रीय उपाध्यक्ष भाइचन्द्र श्रेष्ठले गोरखा र सिद्धार्थनगरबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन दुई पालिकाबीच भगिनी सम्बन्ध कायम गर्नुपर्ने बताए । महासंघका केन्द्रीय उपमहासचिव तथा पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशका सदस्य राजेश महोत्राले पर्यटनको विकासका लागि सामूहिक प्रयास र पहल आवश्यक रहेको बताए ।
सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले सबै मिलेर पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए । संघका उपाध्यक्ष भोज बहादुर खत्रीले पर्यटन व्यवसायमा प्रचारप्रसार महत्वपूर्ण रहेको बताए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका महासचिव बाल बहादुर घिमिरे भारतीय पर्यटकलाई लक्षीत गरि लुम्बिनी देखी गोरखा सम्मको भ्रमण प्याकेज उपलब्ध गराउन सुझाव दिए । गोरखा र रुपन्देहीको पर्यटन प्रर्बधनका लागी पर्यटन ब्यावसायि राजेश महोत्राको संयोजकत्वमा ९ सदस्यीय पर्यटन सञ्जाल गठन गरिएको गोरखा नगरपालिकाका सामाजिक विकास अधिकृत विजयभक्त उपाध्यायले बताए ।