Logo
२०८३, कार्तिक ११ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ११ गते

“विद्यार्थीमाझ पक्षघातबारे चेतना फैलाउँदै नेपाल पक्षघात संघ”


  • प्रेरणा नेपाली
  • जेठ २८, २०८२ मंगलवार
  • 618
    SHARES

“विद्यार्थीमाझ पक्षघातबारे चेतना फैलाउँदै नेपाल पक्षघात संघ”

भैरहवा, जेष्ठ २७ । 
पक्षघात जस्तो गम्भीर स्वास्थ्य समस्याबारे जनचेतना फैलाउने उद्देश्यले नेपाल पक्षघात संघको सक्रिय अगुवाइमा गीर्वाण सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा मस्तिष्कघात (पक्षघात) सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। “संगै हामी पक्षघातभन्दा माथि छौं” भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा नेपाल पक्षघात संघको आयोजनामा तथा नेपाल स्ट्रोक प्रोजेक्टको प्रायोजनमा कार्यक्रम गरिएको हो।

कार्यक्रममा नेपाल पक्षघात संघका सदस्य गोकर्ण गौतमले संघको प्रारम्भ सन् २०१४ मा डा. लेखजंग थापाबाट भएको जानकारी दिँदै संघले २०१४ देखि २०२५ सम्म विभिन्न विद्यालय तथा समुदायमा नियमित रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो । 
“साना लक्षणहरूबारे विद्यार्थीलाई जानकारी भएमा बिरामीको समयमै उपचार सम्भव हुन्छ भन्ने उद्देश्यले हामी विद्यालयहरूमा यस्तो कार्यक्रम गर्दै आएको उहाँले भन्नु भयो । WhatsApp Image 2025-06-10 at 2.02.43 PM.jpeg
त्यसैगरी, संघकी अर्की सदस्य आशा पन्थले पक्षघातलाई दिमागको रोगका रूपमा चिनाउँदै लक्षण देखिएको ४ देखि साढे ४ घण्टाभित्र बिरामीलाई अस्पताल पुर्याउन सकेमा पहिलेको जस्तै बनाउने सम्भावना धेरै हुने बताउनु भयो । पक्षघात असक्तताको तेस्रो प्रमुख कारण हो, त्यसैले जनस्तरमा यसको गहिरो ज्ञान आवश्यक रहेको उहाले भन्नु भयो। 

विद्यालयका प्रचार्य केदार चन्द्र पराजुलीले विद्यालयमा यस्ता कार्यक्रम हुनु विद्यार्थीहरूका लागि अत्यन्त लाभदायक भएको बताउनु भयो । “पक्षघात के हो, कसरी लाग्छ, कसरी बच्न सकिन्छ भन्ने जानकारी विद्यार्थीसँग साझा गर्नु अत्यन्त उपयोगी भएको बताउदै आयोजक सम्पूर्ण टोलिलाई प्राचार्यले धन्यवाद पनि व्यक्त गर्नुभयो । 

कार्यक्रममा सहभागी फिजियोथेरापिस्ट मुस्कान रानाले पक्षघातपछि फिजियोथेरापीको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने जनाउँदै, “विरामीले जति छिटो फिजियोथेरापी सुरु गर्छ, त्यति नै चाँडो सुधार देखिन्छ।” भननु भयो ।WhatsApp Image 2025-06-10 at 2.02.42 PM (1).jpeg

यसैगरी, कार्यक्रममा सहभागी विद्यार्थी रामप्रसाद चागाईंले कार्यक्रमबाट पक्षघातसम्बन्धी नयाँ जानकारीहरू प्राप्त भएको र अब कुनै व्यक्तिमा सानो लक्षण देखिएमा सजिलै चिन्ने र सहयोग गर्ने ज्ञान पनि प्राप्त भएको छ।” बताउनु भयो ।

यस कार्यक्रमले विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकमाझ पक्षघातको चेतना फैलाउने महत्वपूर्ण भूमिका खेलेको विद्यालय प्रशासनले जनाएको छ। सहभागीहरू सबैले यस्ता कार्यक्रम आगामी दिनहरूमा पनि निरन्तर गरिरहनुपर्नेमा जोड दिएका छन्।


प्रेरणा नेपाली

थप समाचार