भैरहवा असार ६/
सिमा क्षेत्रमा हुने तस्करीका कारण किनारा र मदिरा ब्यावसाय समस्यामा परेको भैरहवा आयोजित एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् ।
सिद्धार्थ संजाल रुपन्देहीले किनारा तथा ल्पाष्टीक संघ रुपन्देही र मदिरा ब्यावसायी संघ रुपन्देही संग सुक्रवार भैरहवामा आयोजना गरेको सम्युक्त अन्तरकृया कार्यक्रममा सहभागीहरुले खुल्ला सिमानाका कारण सिमा क्षेत्रबाट हुने चोरी तस्करीका कारण ब्यावसाय जोखीममा परेको गुनासो गरेका हुन ।
सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै मदिरा ब्यावसायी संघ रुपन्देहीका अध्यक्ष बाबुराम पाण्डेयले खुल्ला सिमानाका कारण र घरेलु मदिाराका कारण ब्यावसाय धरासायी बन्दै गएको बताए । घरेलु मदिराका कारण ब्यावसाय मात्र नभएर सरकारको राजस्व समेत प्रभावित भएको उनको भनाई थियो ।
खुल्ला सिमानाका कारण पहिलो नेपाल बाट भारत मदिरा बिक्री हुने गरेकोमा अहिले भारत बाट भन्सार छली नेपाली बजारमा भारतीय रक्सी खुलेयाम आयात हुदा ब्यावसायीहरु समस्यामा पर्ने गरेको उनले बताए । घरेलु मदिरा र भारतीय मदिराका कारण सरकारले ठुलो राजस्व गुमाउनु परेको पाण्डेले बताए । प्रहरी , आन्तरीक राजश्व भन्सार जस्ता सरकारी निकायले अनुगमन गर्नु पर्नेमा जोड दिए ।
सो अवसरमा बोल्दै किनारा तथा ल्पाष्टीक संघ रुपन्देहीका कार्यवहाक अध्यक्ष कपिल देव काप्लेले खुलेयाम बजारमा तस्करीका समानहरु खरिद बिक्री हुदा ब्यावसायीहरुलाई समस्या भएको बताए । चिनी सस्तो पाईन्छ भन्ने मानसीकतामा नेपालीहरु भारतीय बजार सम्म पुग्ने भएकाले अन्य समानहरुमा ठगीने गरेको बताए । भारतीय बजार बाट नेपालीहरुले चिनी संगै दाल गेडागुडीहरु पनि लिएर आउने गरेकोमा चिनी बाहेक अन्य सबै समानहरु नेपालमै सस्तो हुने उनले बताए ।
संजालका अध्यक्ष अनिल ज्ञवालीले छलफल बाट उठेका समस्या र समाधानका बिषयहरुलाई लिएर सम्बन्धीत कार्यालयको ध्यान आक्रशित गराउने बताए । कार्यक्रम संयोजक डा. शान्त कुमार शर्माको संयोजकत्व तथा संजालका महासचिव मधु पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा सहभागीहरुले खुल्ला सिमा र चोरी तस्करीका कारण ब्यावसायीहरुले भोग्नुपरेका समस्याहरुका बारृमा आ आप्नो धारणा राखेका थिए ।