Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

विदेशी विनिमय व्यवस्थापनमा राष्ट्र बैंकका नयाँ नीति


  • लुम्बिनी चिन्तन
  • आषाढ २७, २०८२ शुक्रवार
  • 340
    SHARES

विदेशी विनिमय व्यवस्थापनमा राष्ट्र बैंकका नयाँ नीति

 

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा विदेशी विनिमय व्यवस्थापनसम्बन्धी केही नयाँ तथा परिमार्जित व्यवस्था गरिएको छ।

अब भारतबाहेक अन्य देश भ्रमण गर्ने नेपाली नागरिकले प्रतिपटक अमेरिकी डलर ३,००० सम्म सटही सुविधा पाउनेछन्, जुन पहिले डलर २,५०० थियो।

1746887663_Lumbini.gif

बङ्गलादेश र श्रीलङ्काजस्ता मुलुकका मुद्रालाई परिवत्र्य मुद्राको सूचीमा थप गरिनेछ।

फेडान दर (विप्रेषण विनिमय दर) पुनरावलोकन गरिनेछ र अन्तरबैङ्क कारोबारका लागि नीतिगत व्यवस्था बनाइनेछ।

विदेशी लगानी आकर्षणका लागि विनिमय जोखिम व्यवस्थापन, वैदेशिक लगानी विनियमावली २०७८ संशोधन, तथा विदेशी विनिमय विवरण पेस गर्ने प्रक्रिया सरल बनाइने उल्लेख छ।

सुनको आयात तथा बिक्री व्यवस्था पनि पुनरावलोकन गरिनेछ। साथै, विप्रेषण कम्पनीलाई पुँजी र कारोबारका आधारमा वर्गीकरण गरिने नीति ल्याइएको छ।


लुम्बिनी चिन्तन

थप समाचार