Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

राष्ट्रिय कर दिवसका अवसरमा सम्मान


  • लुम्बिनी चिन्तन
  • मंसिर २, २०८२ सोमवार
  • 322
    SHARES

राष्ट्रिय कर दिवसका अवसरमा सम्मान


भैरहवा मंसिर १/
राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय भैरहवाले शुभकामना आदान प्रदान तथा करदाता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा आयोजीतक कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधि उद्योगी व्यावसायी संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी  मेघनाथ उपाध्यायले आन्तरिक राजस्व कार्यालयले सरकारले दिएको लक्ष्य भन्दा बढि राजस्व असुली गरेर उत्कृष्ठ काम गरेकोमा खुसी व्यक्त गरे । समाजको रुपान्तरणमा राज्यका निकाय संग स्थानीय उद्योगी व्यवसायीहरुको भुमिका महत्वपूर्ण रहेको उनले बताए । राज्य र जनताको सहकार्यमा देशको विकास र समृद्धी हुने भन्दै सवैले सकारात्मक सोच निर्माण गर्न जरुरी भएको बताए । 
आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख राजस्व अधिकृत प्रेमराज पोख्रेलले राज्यको महत्वपूर्ण अंगको रुपमा करप्रशासन रहेको बताउदै यहाँहरुको सकारात्मक सहकार्यले सफलता प्राप्त भएको बताए । हामीले कुनै करदातालाई घरपकड र दुःख दिने कार्य नगरेको बताउदै करदाताको सहयोग र सहकार्यले चालु आर्थिक वर्षमा सरकारले दिएको लक्ष्यभन्दा बढि कर असुल गर्न सफल भएको बताए ।
करदाताहरुले गर्ने कुनै कमजोरीलाई करप्रशासनले सुधार गर्नका लागि सहयोग गर्ने गरेको बताउदै ठुला व्यवसायीको सवैक्षेत्रमा पहुच हुने गरेको तर साना व्यवसायी तथा करदाताको पहुच नभएका कारण दुःख पाएको भन्ने गुनासा आउने गरेपछि आफैले उहाँहरुलाई सहजीकरण गर्ने गरेको प्रमुख राजस्व अधिकृत पोख्रेलले बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले राज्यले कर असुली गर्ने तर उद्योगी व्यवसायीलाई राज्यले दिनुपर्ने सुविधा नभएको बताए । राज्यले लिने कर प्रणाली व्यवसायीको स्वेच्छिक हुनुपर्ने बताए । राज्यले लिने करले उद्योग व्यवसायी र त्यही देशका जनताका लागि स्वास्थ्य, शिक्षा र रोजगारमा क्षेत्रमा लगानी गर्ने प्रावधान हुनुपर्ने उल्लेख गरे ।
उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष सचिन रोक्काले करतिर्न सरकारले व्यवसायीलाई वातावरण तयार गर्न जरुरी रहेको बताए । करदातालाई सहजरुपमा राज्यलाई करतिर्नका लागि उत्साहित गर्न राज्यले भुमिका खेल्नुपर्ने बताउदै राज्य र उद्योगी व्यापारीको सहकार्य सधै जरुरी रहेको बताए ।
सिद्धार्थ संजालका अध्यक्ष अनिल कुमार ज्ञवालीले नेपालमा करप्रणाली अहिले पनि सुधार गर्नुपर्ने बताए । कर पद्धतीलाई क्यूआर प्रणाली वा पेपरलेस प्रणालीबाट हुनुपर्ने सुझाव दिए ।
तिलोत्तम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनीले  कानुन र नियम धेरै भएका कारण नेपालमा उद्योगी व्यवसायीहरु समस्यामा परेको बताए । देशले कर असुलीमा आधुनिकताको कुरा गर्दा उद्योगी तथा व्यवसायीलाई पनि राज्यको योजनामा रुपान्तरण गर्नुपर्ने बताए ।
वरिष्ठ लेखापरिक्षक शिवहरी शर्माले करलाई पारदर्शी र  राजस्व प्रशासनमा करछली हुनै नदिने, भन्सार छलि हुनै नदिने कार्य सुरु गर्नुपर्ने बताए । विचमा पुगेर राजस्व छलि भयो भनेर व्यापारीलाई दुःख दिने गरेको बताउदै शुन्यबाटै राजस्व छलि रोक्ने प्रयास हुनुपर्नेमा जोड दिए ।

अडान रुपन्देहीका पूर्व अध्यक्ष डिआर शर्माले हिजोको समयमा कर असुल गर्ने पद्धती अनुमानका आधारमा हुने गरेको भन्दै पछिल्लो समयमा  व्यापारी र सरकारले करमैत्रीको माध्याम बाट कर असुल गर्ने गरेकोमा खुसी व्यक्त गरे । आर्थिक वर्ष २०८०।०८१ मा आयकरतर्फ सवैभन्दा धेरै आयकर दाखिला गर्ने आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्र अन्र्तगर्त पर्ने करदाता विजार्ड फ्रेग्रेन्स इन्डिस्ट्रिज मायादेवी ८ लाई उत्कृष्ठ करदाताको रुपमा छनोट गरि सम्मापन पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।।
करदिवसको उपलक्ष्यमा आन्तरिक राजस्व कार्यालयका कर्मचारी विच भएको ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुने कर अधिकृत सन्तोष सुवेदी र नासु खुमबहादुर रावतलाई प्रमाणपत्रबाट सम्मान गरेको थियो । द्धितिय स्थान प्राप्त गर्ने नासु जसराज ओली र नवराज पौडेललाई पनि प्रमाणपत्रबाट सम्मान गरिएकाको कार्यक्रमको कर अधिकृत नरेश पन्थीको स्वागत तथा  कर अधिकृत सरोज मरासिनीको संचालनमा सम्पन्न भएको थियो ।
 


लुम्बिनी चिन्तन

थप समाचार