Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सातौं लुम्बिनी महोत्सव–२०८२’ को तयारी पुरा, महोत्सवको उद्धघाटन आज


  • लुम्बिनी चिन्तन
  • मंसिर ४, २०८२ बुधवार
  • 332
    SHARES

सातौं लुम्बिनी महोत्सव–२०८२’ को तयारी पुरा, महोत्सवको उद्धघाटन आज


भैरहवा मंसिर ३/
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन) को आयोजनामा आज देखी सातौं लुम्बिनी महोत्सव–२०८२’ सुरु हुदै छ । 
स्थानीय बजारमा खरिद गरी स्थानीय बजारको प्रबद्र्धन गरौं, स्वदेशी बस्तुको प्रयोग गरी स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ आज देखि सुरु हुने ‘सातौं लुम्बिनी महोत्सव–२०८२’ को तयारी पुरा भएको छ । 
महोत्सव मूल समारोह समितिका संयोजक तथा चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष सचिन रोक्काले महोत्सवका लागि सम्पुर्ण तयारी पुरा भएको बताए । 
महोत्सवको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा संविधान सभा सदस्य ईश्तियाक अहमद खाँ र लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयबाट एकसाथ गराइने छ । मंसिर २१ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवको कृषि, पर्यटन, उद्योग र व्यापार प्रबद्र्धन गर्ने मुख्य उद्देश्य छ । 
महोत्सव स्टल व्यवस्थापन समितिका संयोजक तथा संस्थाका बरिष्ठ उपाध्यक्ष राममिलन यादवले महोत्सवमा स्टल राख्ने व्यवसायीको बढ्दो संख्याले व्यवस्थापन गर्न समस्या भएको दावी गरे । 
यादवका अनुसार महोत्सवमा उद्योगतर्फ १ सय, कृषि २०, पर्यटन ४०, संघसंस्था २०, बैंक बित्तीय १० र व्यापार तर्फका १ सय ६० गरि ३ सय ५० वटा स्टल रहने छन् ।
महोत्सवका लागि गरिने अनुमानित लगानी १ करोड रुपैयाँ छ भने १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवबाट ५ करोड रुपैयाँको कारोवार हुने लक्ष्य राखिएको छ । यो महोत्सवको बिशेष आकर्षण जलपरी, फिसटनेल, बालउद्यान र स्थानीयदेखि राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती छ । 
साँस्कृतिक उपसमिति संयोजक तथा संगठनका सल्लाहकार नारायणप्रसाद भण्डारीले सांस्कृतिक कार्यक्रमका लागि मञ्च ११ देखि ३, ३ देखि ५ र ५ देखि ८ बजेसम्म क्रमशः स्थानीय बिद्यालय स्तरीय नृत्य तथा कार्यक्रम, प्रदेश स्तरीय नृत्य तथा कार्यक्रम र राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती रहने जानकारी दिए । उनका अनुसार महोत्सवमा प्रिती पासवान, एलिना चौहान, दुर्गेश थापा, हेमन्त शर्मा, स्थानेश्वर गौतम लगायतका कलाकारको प्रस्तुती रहने छ ।
संगठनका निबर्तमान अध्यक्ष दर्पण श्रेष्ठले महोत्सवमा सरसफाइ लगायत खाद्यबस्तुको गुणस्तरीतामा बिशेष ख्याल गरि प्रभावकारी रुपमा अनुगमन गरिने बताए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले महोत्सवमा घरेलु तथा हस्तकलाका उत्पादनलाई प्राथमिकता दिँदै नव उद्यमीकर्ताका लागि महोत्सव बिश्व बिद्यालयको रुपमा सिक्ने स्थल बन्नु पर्ने बताए । संगठनका महासचिव लक्ष्मी अधिकारीले महोत्सव सफलताका साथ सम्पन्न गर्न  सबैसंग आग्रह गरेकी छन् । 


लुम्बिनी चिन्तन

थप समाचार