Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनी होटल संघको अध्यक्षमा लीलामणि शर्मा


  • लुम्बिनी चिन्तन
  • मंसिर ७, २०८२ शनिवार
  • 310
    SHARES

लुम्बिनी होटल संघको अध्यक्षमा लीलामणि शर्मा


भैरहवा मंसिर ६/
लुम्बिनी होटल संघ नेपालको सातौ साधारण सभा तथा चौथौ अधिबेशन लुम्बिनीमा सम्पन्न भएको छ । अधिबेशनले लीलामणि शर्माको नेतृत्वमा पन्द्र सदसिय नया कार्यसमिती निर्विरोध निर्वाचित गरेको छ ।

संघको बरिष्ठ उपाध्यक्षमा शेखर कार्की, उपाध्यक्षमा भूपेन्द्र गुरुङ, महासचिवमा टीका कुमारी कट्टेल, सचिवमा एकराज कंडेल, कोषाध्यक्षमा दीपक पंगेनी र सह–कोषाध्यक्ष धीरज भण्डारी निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा पद्मा काफ्ले न्यौपाने, प्रजुल कार्की क्षेत्री, दीपेन्द्रलाल बनियाँ, अशोककुमार गुप्ता, किशोर यादव, अनिलकुमार गुप्ता, रोशन शाक्य र जनकबहादुर सोमइ मगर चयन भएका छन् ।
यसअघि अधिवेशनको उद्घाटन सत्रमा बोल्दै लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डे, प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ता, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी सांस्कृतीक नगरपालिकाका निमित्व नगरप्रमुख कल्पना हरीजन ,  लुम्बिनी होटल संघका निवर्तमान अध्यक्ष गोविन्द ज्ञवाली, महासचिव पुरुषोत्तम अर्याल लगायतले निजी क्षेत्र एकताबद्ध भएर पर्यटकीय विकासमा लाग्नुपर्नेमा जोड दिए । 
उनीहरुले पर्यटकबाटै प्रदेशको समृद्धि हासिल गर्न सकिनेमा जोड दिए । कार्यक्रममा स्वर्गिय पत्रकार द्धय चेतन पन्त र मनोरन्जन शर्मालाई लुम्बिनीको प्रचार प्रसारमा अतुलनिय कार्यगरेको भन्दै मरणोप्राप्त सम्मान गरएिको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार