Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सीमा क्षेत्रमा चोरी निकासी नियन्त्रण प्रभावकारी बनाउन माग


  • लुम्बिनी चिन्तन
  • मंसिर १९, २०८२ बिहिवार
  • 632
    SHARES

सीमा क्षेत्रमा चोरी निकासी नियन्त्रण प्रभावकारी बनाउन माग

भैरहवा मंसिर १८/

सिद्धार्थ सञ्जाल रुपन्देहीले सीमा क्षेत्रमा हुने चोरी निकासी नियन्त्रणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न भैरहवा भन्सार कार्यालयलाई आग्रह गरेको छ । 

भैरहवा भन्सार कार्यालयमा सरुवा भएर आएका प्रमुख भन्सार अधिकृत हरिहर पौडेललाई बिहीबार भेट गरी उनीहरूले सीमा क्षेत्रमा देखएिका समस्या समाधान गर्न आग्रह गरेका हुन् । 
भेटमा सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले भन्सार नाकामा स–साना सामान लिएर आउनेहरूभन्दा खुला सिमानाको प्रयोग गरी सेटिङमा रुपन्देही, पाल्पालगायतका जिल्लामा सामान (एसी, फ्रिज, कुलर, मोटरपार्टसलगायत) पुराउने गिरोहहरूको पहिचान र कारबाही प्रभावकारी बनाउन अनुरोध गरे। 

यसैगरी, सिद्धार्थ सञ्जालले खुला सिमानाको प्रयोग गरी हुने तस्करी नियन्त्रण, ओभरलोड नियन्त्रण, भारतीय सवारीसाधनको सुविधा, प्रदेश सरकारले भारतीय गाडीहरूबाट संकलन गर्दै आएको शुल्कलगायतका समस्या कसरी समाधन गर्न सकिन्छ भन्ने विषयमा भन्सार प्रमुख हरिहर पौडेलसँग छलफल गरेको थियो । 

भारतीय सवारीसाधनमा प्रदेश सरकारले अतिरिक्त कर लिँदा नाकाबाट पर्यटकहरू प्रवेश नगरी अन्य नाका प्रयोग गर्ने अवस्था बनेकोे सिद्धार्थ होटेल एसोसिएसनका अध्यक्ष तथा सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए। सरकारले अन्य नाका खुला गर्ने र यही नाकामा मात्र कर लिने नीति ठिक नभएको उनको भनाइ छ। सरकारले नीति बनाउँदा समान गर्न उनले आग्रह गरे। 

संघीय सरकारले हटाइसकेको विषय प्रदेश सरकारले पनि आगामी वर्ष कार्यान्वयन नगर्नेमा आशा गर्न सकिने उनले बताए। सीमानाकामा तीर्थयात्री, विद्यार्थी, ज्येष्ठ नागरिक, नेपाली भारतीय आर्मी नेपाल आउँदा ल्याउने दैनिक उपभोग्य समानलाई कडाइ नगरिएको पौडेलले बताए। खुला सिमानाका कारण भैरहेको चोरी निकासी तस्करीका विषयमा भने भन्सार कार्यालय कडा रूपमा प्रस्तुत भएको भन्सार प्रमुख पौडेलले बताए। 


लुम्बिनी चिन्तन

थप समाचार