भैरहवा पौष ४/
होटल तथा रेष्टुरेष्ट व्यावसायी संगठन रुपन्देहीको १२ औ बार्षिक साधारण सभा तथा ७ औ अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ ।
सनस्टार बैक्युट बसडिलवामा हुन लागेको अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको संगठनका अध्यक्ष राम प्रसाद पोख्रलले बताउनु भयो ।
अधिवेशनले अध्यक्ष सहित १५ जना नया कार्यसमिती चयन गर्ने संगठनका महासचिव सुनिल क्षेत्रीले जानकारी दिनु भयो ।
साधारण सभामा अध्यक्षको प्रतिवेदन , महासचिवको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत हुने छ ।