Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवालाई पर्यटनमैत्री शहरको रुपमा बिकास गर्न जोड


  • लुम्बिनी चिन्तन
  • पौष ५, २०८२ शनिवार
  • 506
    SHARES

भैरहवालाई पर्यटनमैत्री शहरको रुपमा बिकास गर्न जोड

भैरहवा पौष ५,/

तेस्रो मुलुक संग जोडीएर अन्तराष्ट्र्रिय शहरको रुपमा बिकसीत भैरहेको भैरहवालाई पर्यटनमैत्री शहरको रुपमा बिकास गर्न सक्षै क्षेत्रका सरोकालवाला निकाय गंभिर बन्नु पर्ने भैरहवामा आयोजित कार्यक्रमम सहभागीहरुले जोड दिएका छन् ।

होटल तथा रेष्टुरेन्ट ब्यावसायी संगठन रुपन्देहीको १२ औ साधारण सभा तथा सातौ अधिवेशनका अवसरमा बोल्नै बक्ताहरुले सो कुरामा जोड दिएका हुन ।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सिदार्थनगर बिस्तारै अन्तराष्ट्र्रिय शहरका रुपमा बिकसीत हुदै गैरहेको अवस्थामा नगर क्षेत्र भित्र देखा परेका चुनौतिपुर्ण बिषयहरुलाई सुधार गर्दै पर्यटन मैत्री शहरका रुपमा अगाडी बढाउने बताईन । 

गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल निमार्ण सुरु भए पछि भैरहवामा तारे होटलहरु निमार्ण सुरु भएको र अहिले अन्तराष्ट्र्यि बिमानस्थल क्रमिक रुपमा संचालन हुदै गैरहेको अवस्थामा सिदार्थनगर तेस्रो मुलुक संग पनि प्रत्यक्ष जोडिएको छ , यो अवस्थामा हामीले भैरहवालाई सुन्दर , पर्यटन मैत्रि र सुरक्षीत शहरका रुपमा बिकास गर्दै लैजानु पर्ने उनले बताईन । 
क्यासिनो बाहीर गोली चल्नु , अस्वभाबिक रुपमा मापदण्ड बिपरित स्पाहरु खोलीदै जानु संस्कृती र सुरक्षाका हिसावले जोखीम बढ्दै गएको उपमेयर उमा अधिकारीले बताईन ।

 होटल व्यावसाय पर्यटकहरुलाई पारीवारीक वातावरणमा स्वागत गर्ने ब्यावसाय भएकाले मापदण्ड बाहीर रहेर संचालनमा आएका स्पाहरुलाई ब्यवस्थित गर्नु पर्ने बताईन । हेटल तथा रेष्टुरेन्ट ब्यावसायी संगठनका अध्यक्ष राम प्रसाद पोख्रेलले भारतीय पर्यटकहरुको आगमनलाई सहज र सरलीकरण गर्नु पर्नेमा जोड दिए । 

होटल ब्यावसायि महासंघ नेपालका केन्द्रीय उपमहासचिव राजेश महोत्रा होटल ब्यावसाय मर्यादिद ब्यावसाय रहेको बताउदै एकआद जनाले गरेको गलत कार्यलाई सबैले गरेको जस्तो प्रचार गर्न नहुने बताए । पर्यटन ब्यावसायमा देखीएका कमीकमजोरी अनुगमन गर्ने निकाय छ सो निकायले गलत कार्य गर्ने लाई कार्वार्ही गर्नु पर्ने बताए । उनले भैरहवाको रेष्टुन्ट ब्यावसायलाई प्रोत्साहन गर्नु पर्ने बताए । 

हेटल ब्यावसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र श्रेष्ठले गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल संचालन संगै भैरहवाको पर्यटन क्षेत्रको ढोका खुलेको बताए । सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले अन्तराष्ट्रिय बिमानस्थल नियमीत संचालन नहुदा पर्यटन क्षेत्रमा भएको लगानी डुब्ने अवस्थामा पुगेको बताए । सरकार यो बिमानस्थल नियमित संचालनका लागी सम्बेदनसील बन्न नसकेको बताए । 

सिद्धार्थनगर उधोग बाणिज्य संघका अध्यक्ष नेत्र आर्चायले भैरहवा भारत र अन्तराष्ट्र्रिय बिमानस्थ लबने संगै तेस्रो मुलुक संग पनि प्रत्यक्ष जोडिएको शहर भएकाले पर्यटन क्षेत्रमा यसले अथाहक सम्भावना बोकेको बताए ।  हामीले यो क्षेत्रलाई कसरी संचालन गर्न सक्छौ भन्ने बिषय मात्र फरक रहेको बताए ।

उधोग ब्यापार संगठनका अध्यक्ष सचिन रोक्काले भैरहवा क्रमिक रुपमा पर्यटन मैत्री शहरका रुपमा बिकसीत भएको बताउदै पर्यटन क्षेत्रमा देखीएका कमीकमजोरीलई तत्काल पहिचान गरी निराकरण गर्ने तर्फ लाग्नु पर्ने बताए । 

कार्यक्रममा  संगठनका बरिष्ठ उपाध्यक्ष लिलाधर भट्र्रराई , लुम्बिनी प्रेस क्लवका अध्यक्ष कमल रायमाझी , संगठनका महासचिव लाल बहादुर घिमिरे , नाटा लुम्बिनीका अध्यक्ष चन्द्र थापा , संगठनका पुर्व अध्यक्ष गणेश वेलवासे लगायतले बोल्दै गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आध्यात्मीक पर्यटनको आगमनमा बृद्धी गर्नेका लागी पलह कदमी गर्नु पर्नेमा जोड दिए ।
 


लुम्बिनी चिन्तन

थप समाचार