Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको पदस्थापना सम्पन्न, पर्यटकको बसाई लम्ब्याउने क्षेत्रमा लगानी गर्न जोड


  • लुम्बिनी चिन्तन
  • पौष २४, २०८२ बिहिवार
  • 326
    SHARES

होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको पदस्थापना सम्पन्न, पर्यटकको बसाई लम्ब्याउने क्षेत्रमा लगानी गर्न जोड


भैरहवा पौष २४/
पर्यटकहरुको बसाई लम्ब्याउन नसक्दा पर्यटन क्षेत्रमा लगानी गर्ने ब्यावसायीहरुले प्रतिफल लिन नसकेको भैरहवामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको १२औं साधारण सभा तथा ७औं अधिवेशनबाट निर्बाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा सहभागी व्यवसायीले लुम्बिनी, भैरहवा र बुटवल लगायतका आसपासका क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तब्य स्थल भएता पनि पर्यटन व्यवसायको माध्मबाट फाइदा लिन नसकेको बताएका हुन । पर्यटन ब्यावसायीहरु एक जुट नहुदा ब्यापार गर्न नसकेको उनिहरुको भनाई थियो । आ आप्नौ ब्यापार हेर्ने तर समुहगत रुपमा सबैलाई फाईदा हुने खालका प्याकेजका कार्यक्रमहरु ब्नाउन नसक्दा ब्यावसायमा कमी आउनुका साथै पर्यटकहरुको बसाई लम्ब्याउन नसकिएको संगठनका नवनिर्बाचित अध्यक्ष तथा पर्यटन व्यवसायी राजेश महोत्राले बताए । 

लुम्बिनी र आसपास क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सरोकारवाला सबै निकाय एउटै स्थलमा एकताबद्ध हुँदै पर्यटन विकासका सम्भावनाको खोजी र चुनौतीलाई केलाउनु पर्नेमा सम्बद्ध उनले जोड दिए । रुपन्देहीमा आउने स्वदेशी तथा बाह्य पर्यटकलाई धेरै समयसम्म अड्याउने खालका गतिबिधि हुन नसक्दा पर्यटकको बसाईं अवधि लम्बिन नसकेकोले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सवै व्यवसायी र सरोकार राख्ने सम्पूर्ण संघसँस्था तथा सरकारी निकायसँग समन्वय गरि लुम्बिनी क्षेत्रलाई ‘पर्यटन मैत्री सहर’ बनाउन जरुरी भएको बताए । 
लुम्बिनी होटल संघ नेपालका अध्यक्ष लिलामणि शर्माले लुम्बिनी र आसपासका पर्यटन क्षेत्रमा अर्बौं रुपैयाँको लगानी भए पनि पर्यटनको मुख्य धरातल के हो ? भन्ने वारेमा बिश्लेषण गरि ठोस कदम चाल्न्न नसक्दा पर्यटन व्यवसाय फस्टाउन नसकेको बताए । 
रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले पर्यटन व्यवसाय फस्टाउने नाममा कस्तो पर्यटकलाई प्राथमिकता दिने ? भन्ने प्रश्नको उत्तर पनि महत्वपूर्ण रहेको बताए । 
पर्यटन व्यवसायी माधव नेपालले ताल, हिमाल, बन्यजन्तु, मरभूमि जस्ता प्राकृतिक सम्पदा नभए पनि लुम्बिनी क्षेत्रमा प्रशस्त पुरातात्विक तथा ऐतिहासिक स्थल रहेकाले सबै होटलको कोठा कोठामा लुम्बिनी क्षेत्रमा रहेका त्स्ता पर्यटकीय गन्तब्य स्थलहरुको छोटो बिबरण सहित तस्वीर राखेर पर्यटकलाई आकर्षण गर्न सकिने बताए । 
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालन भएन भनेर मात्र भनिरहनु भन्दा भारतीय पर्यटकलाई सहज रुपमा भित्राउनका लागि पहलकदमी गर्न आवश्यक रहेको बताए । 
सिद्धार्थनगर नगरपालीकाकी उपप्रमुख उमा अधिकारीले लुम्बिनी क्षेत्रको पर्यटकीय विकासका लागि रात्रीकालिन बजारको आवश्यकता रहेको र पर्यटकका लागि लुम्बिनी क्षेत्र सुरक्षित रहेको सन्देश दिन आवश्यक रहेको बताइन् ।

सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भारतीय पर्यटकले २५ हजार रुपैयाँसम्म लिएर नेपाल आउन पाउने नियमले नेपालको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पारेको बताए । नेपाल चेम्बर अफ कमर्श रुपन्देहीका अध्यक्ष सचिन रोक्काले सडक खाना महोत्सव लगायतका पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा ठूला र गुणस्तरीय होटलकै सहभागिता नहुने गरेको गुनासो गरे ।
संगठनका निबर्तमान अध्यक्ष रामप्रसाद पोखरेलले पन्ध्र बर्ष अघि ४५–५० जना होटल तथा रेष्टुरेन्ट व्यवसायी मिलेर खोलेको यो संगठन अहिले रुपन्देहीका ६ वटा पालिकामा बिस्तार भइ ६ सयजना सदस्य आबद्ध रहेको बताए । कार्यक्रममा संगठनका संस्थापक अध्यक्ष अनिल ज्ञवाली , लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी , महासचिव सुनिल घिमिरे लगायतले बोल्दै बेलहिया नाकाबाट सर्वाधिक बिदेशी पर्यटक नेपाल प्रवेश गर्ने गरे पनि ती पर्यटकलाई पर्यटकीय गत्नब्य स्थलहरुमा पुर्याउन नसकिएकाले यसतर्फ ध्यान दिन जरुरी भएकोमा जोड दिएका थिए । 


लुम्बिनी चिन्तन

थप समाचार