Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पाठक मोटर्स ग्रुपद्धारा अत्याधुनिक सुविधासहितको नयाँ एसयूभी ‘भिक्टोरिस’ भैरहवामा सार्वजनिक


  • लुम्बिनी चिन्तन
  • पौष २४, २०८२ बिहिवार
  • 274
    SHARES

पाठक मोटर्स ग्रुपद्धारा अत्याधुनिक सुविधासहितको नयाँ एसयूभी ‘भिक्टोरिस’ भैरहवामा सार्वजनिक


भैरहवा पौष २४/
सुजुकी गाडीको भैरहवाको आधिकारिक बिक्रेता पाठक मोटर्स ग्रुपले अत्याधुनिक सुविधासहितको नयाँ एसयूभी ‘भिक्टोरिस’ सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार भविष्यलाई ध्यानमा राखेर डिजाइन गरिएको भिक्टोरिसमा आकर्षक लुक्स, विलासी इन्टेरियर र इन्टेलिजेन्ट प्रविधिको उत्कृष्ट संयोजन गरिएको गाडी उपलब्ध रहेको पाठक मोटर्सका निर्देशक बाबुराम पाठकले जानकारी दिए । 
भिक्टोरिसमा ३६० डिग्री भ्यू क्यामेरा उपलब्ध छ । जसले ११ वटा फरक–फरक एंगलबाट दृश्य देखाउँदै सुरक्षित र सहज ड्राइभिङ अनुभव प्रदान गर्छ । साथै, टायर प्रेसर मोनिटरिङ सिस्टमले गाडीका सबै टायरको अवस्था निरन्तर जानकारी दिने पाठक मोटर्सका डिलर इन्चार्ज आदर्श भण्डारीले जानकारी दिए ।
सुरक्षालाई प्राथमिकतामा राख्दै यस एसयूभीमा अल–ह्विल डिस्क ब्रेक, ब्रेक होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, फ्रन्ट तथा रियर पार्किङ सेन्सर र स्वचालित ३६० डिग्री क्यामेरा जडान गरिएको छ । 
सुजुकीको उच्च सुरक्षा प्रतिबद्धताअनुसार भिक्टोरिसमा एरिना सेफ्टी सिल्ड समावेश गरिएको छ । यसमा स्ट्रोङ हाइब्रिड इन्जिन र ईभी मोड उपलब्ध छन्, जसले उत्कृष्ट माइलेजका साथै सशक्त प्रदर्शन दिन्छ । कठिन सडक र अफ–रोड यात्राका लागि अटो, स्नो र लक मोडसहितको फोर–ह्विल ड्राइभ प्रणाली पनि रहेको छ ।
डिजाइन पक्षमा भिक्टोरिसमा एलईडी प्रोजेक्टर हेडल्याम्प, कनेक्टेड एलईडी टेल ल्याम्प र एरो कट अलोय ह्विल्स दिइएको छ । भित्री भाग ब्ल्याक र आइभोरी ड्यूल–टोनमा सजाइएको छ भने ठूलो प्यानोरामिक सनरुफले क्याबिनलाई अझ फराकिलो र प्रिमियम बनाएको भण्डारीले बताए ।
पाठक मोटर्सका निर्देशक बाबुराम पाठकले आधुनिक प्रविधि, उच्च सुरक्षा र आरामदायी यात्राको चाहना राख्ने ग्राहकका लागि भिक्टोरिस उपयुक्त विकल्प हुने बताए । उनका अनुसार यो एसयूभी विभिन्न सेग्मेन्टका ग्राहकलाई लक्षित गरी बजारमा ल्याइएको हो ।
तत्काल बुकिङ गर्ने ग्राहकका लागि भिक्टोरिस ५० लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराइने जानकारी पनि उनले दिए । 


लुम्बिनी चिन्तन

थप समाचार