भैरहवा माघ १९/
पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धनका लागि होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीले १५ बुदे कार्ययोजना सार्वजनीक गरेको छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको १२ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको नवलपरासीको त्रिवेणीमा सम्पन्न गोष्ठीले पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धनका लागि नयाँ उपायहरुको खोजी गर्ने उदेश्य सहित १५ बुदे कार्ययोजना बनाएको संगठनका अध्यक्ष राजेश महोत्राले बताए ।
भैरहवामा आन्तरीक तथा बाहीय पर्यटक आक्रशित गर्नका लागी संगठनले देश भित्र र भारतीय नागरीकहरुको बिवाह समारोह , ब्यापारीक प्रमोशनका लागी गरीने कार्यक्रम , संघ संस्थाहरुको महाधिवेशन तथा सभा सम्मेलन गर्न आउने इच्छुकलाई बिषेश सहुलियत सहित आमन्त्रण गर्ने कार्ययोजना बनेको अध्यक्ष महोत्राले बताए ।

भैरहवा क्रमिक रुपमा मेडिकल सिटिको रुपमा बिकसीत हुदै गएको बताउदै लुम्बिनी प्रदेश पर्यटन विकास परिषदको बोर्ड सदस्य समेत रहेका अध्यक्ष महोत्राले गौतमबुद्धको जन्मस्थल लुम्बिनी , गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल , छिमेकी जिल्लाहरुमा रहेका धार्मीक स्थलहरुलाई जोडेर प्याकेजका रुपमा पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धनका कार्यक्रमहरु पनि संगठनले गर्ने जनाए । संस्कृतीको सम्रक्षण र पर्यटकको स्वागतका लागी स्थानीय तह, व्यवसायीहरु संघ–संस्थाहरुसँग सहकार्य गरी संगठनले स्वागतको वातावरण बनाउने अध्यक्ष मलहोत्राले बताए ।
पर्यटकीय गन्तव्यहरुबारे जानकारी दिन गौतमबुद्ध अन्तराष्ट्र्यि विमानस्थल, बेलहिया नाका लगायतका ठाउँहरुमा होर्डिङ बोर्ड राख्ने र सौन्दर्यीकरण गर्ने जनाएको छ । विभिन्न पर्यटकीय गन्तव्यहरु राखेर होटलको प्याकेज बनाएर प्रचारप्रसार गर्ने कार्ययोजनामा समावेश गरिएको छ । यस पटक सिद्धार्थ सडक खान महोत्सव दुई दिन आयोजना गर्ने निर्णय गरिएको छ ।
कार्यशालाले होटल, क्याफे, क्याटरिङ व्यवसायी प्रतिष्ठान समन्वय उपसमिति, रात्रीकालिन व्यवसाय र रेष्टुरेण्ट उपसमिति गठन गरेको संगठनका महासचिव बाल बहादुर घिमिरे बताए ।
होटलमा कार्यरत कर्मचारीहरुको क्षमता अभिबृद्धीका लागी नेपाल पर्यटन बोर्ड, पर्यटन विकास परिषदसँग समन्वय गरी तालिम गोष्ठी तथा भ्रमण कार्यक्रम गर्ने, विश्व पर्यटन दिवस भव्य रुपमा मनाउने, संगठनको लोगो राखेर भैरहवा, लुम्बिनी, बुद्ध सर्किट तथा अन्य पर्यटकीय गन्तव्यहरुको गाईड म्याप र फोटो बनाइ सहुलियत दरमा व्यवसायिक प्रतिष्ठानलाई उपलब्ध गराइने महासचिव घिमिरेले बताए ।
त्यस्तै तारे होटललाई वर्गीकरण गर्ने, रैथाने खाना बनाउने रेष्टुरेण्टहरुको पहिचान गरी उत्कृष्ट रेष्टुरेण्ट व्यवसायीलाई पुरस्कृत गरिने, गेष्ट ट्र्याकिङ सफ्टवेयर क्रेडिट बनाएर जाने अतिथिको विवरण अर्को होटलले हेर्न सक्ने, पर्यटक ठगिएको अवस्थामा सहजीकरण गर्ने कार्ययोजनामा समावेश गरिएको छ ।
त्यस्तै गरी व्यवसायीहरुलाई विभिन्न प्रदेशका पर्यटकीय गन्तव्यहरुमा भ्रमण गराउने र अन्य प्रदेशलाई समेत पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्ने उद्देश्यले निम्तो गर्ने, तालिम तथा अन्तरक्रियाको आयोजना गर्ने, विभिन्न चाडपर्वमा शुभकामना आदानप्रदान, वनभोज कार्यक्रम, व्यवसायीका समस्या बुझेर समाधानका लागि पहल र सहजीकरण गर्ने कार्ययोजनामा उल्लेख छ ।