Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

साइ ग्लोवलले प्राप्त गर्यो आइएसओ चिन्ह


  • लुम्बिनी चिन्तन
  • चैत्र १, २०८२ आइतवार
  • 282
    SHARES

साइ ग्लोवलले प्राप्त गर्यो आइएसओ चिन्ह


भैैरहवा चैत्र १/
साइ ग्लोबल सेकण्डरी स्कुल एण्ड कलेजले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड (आइएसओ) चिन्ह (लोगो) प्राप्त गरेको छ । 
शनिवार बिद्यालय परिसरमा आयोजित समारोहमा ग्लोबल क्वालिटी काउन्सिल नेपालका व्यवस्थापक सु्दिप शर्माले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड चिन्ह बिद्यालयलाई हस्तान्तरण गरेका हुन् । ग्लोबल क्वालिटी काउन्सिल नेपालले गुणस्तर मापदण्ड सम्बन्धी विश्वव्यापी छाता संगठन अन्तर्राष्ट्रिय गुणस्तर काउन्सिलसंग आवद्ध रही सम्बन्धन प्राप्त गरेको छ । उक्त काउन्सिलबाट भैरहवा क्षेत्रमा अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड चिन्ह प्राप्त गर्ने संस्थागत बिद्यालयहरुमा साई ग्लोबल स्कुल एण्ड कलेज दोश्रो हो । साइ ग्लोवल एकेडेमीद्वारा सञ्चालित साइ ग्लोबल स्कुल तथा कलेजमा २ हजार भन्दा धेरै बिद्यार्थी अध्ययनरत छन् ।
अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तरका लागि आइएसओ काउन्सिलले निर्धारण मापदण्डमा ३० प्रतिशत पुर्र्यापछि ग्लोबल मा मापदण्ड पुरा गरेर क्वालिटी काउन्सिल नेपालले आइएसओको चिन्ह प्रदान गर्ने गर्छ । अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डको प्रमाणपत्र प्राप्त गर्न भने निर्धारित मापदण्डहरु शत्प्रतिशत नै पुरा गरेको हुनु पर्छ ।
ग्लोबल क्वालिटी काउन्सिल नेपालका व्यवस्थापक सुदिप शर्माले आइएसओ चिन्ह पाएपछि प्रमाणपत्र प्राप्त गर्न तीन बर्ष भित्रै सवै मापदण्ड पुरा गरिसकेको हुनु पर्ने बताए । आइएसओ चिन्ह तथा प्रमाणपत्र प्राप्त गरेको शैक्षिक संस्थाले त्यही नाममा कुनै प्रकारको अतिरिक्त शुल्क बिद्यार्थीबाट लिन नपाइनेपनि शर्माले बताए । 
आइएसओ प्रमाणपत्रका लागि सम्बन्धित शैक्षिक संस्थाको आन्तरिक गुणस्तर व्यवस्थापन, बाह्य गुणस्तर व्यवस्थापन, शैक्षिक गुणस्तर व्यवस्थापन, अन्तर्राष्ट्रिय संस्कार सहितको गुणस्तर व्यवस्थापन, बिद्यार्थी गुणस्तर व्यवस्थापन र शिक्षक गुणस्तर व्यवस्थापन सहितको शिक्षा उपलब्ध हुनु पर्ने शर्माले बताए । 
सिदार्थनगर नगरपालीकाकी उपमेयर उमा अधिकारीले भैरहवा क्षेत्रमा रहेका बिध्यालयको शिक्षा अवस्था अन्तराष्ट्र्रिय स्तरको छ भन्ने कुरा प्रष्ट भएको बताईन । हामीले भैरहवालाई शैक्षिक हवका रुपमा अगाडी बढाउनका लागी नगरपालिका बाट पुर्ण सहयोग रहने बताईन । 
विद्यालय ब्यावस्थापन समितीका अध्यक्ष दिनेश मान अमात्य, विद्यालयका प्राचार्य लक्ष्मण ज्ञवाली, विद्यालयका प्रबन्ध निर्देशक मोती प्रसाद पौडेलले बिध्यालयको शैक्षिक गुणस्तर सुधारमा बिध्यालय परिवार एकताबद्ध भएर अगाढी बढेका कारण यो सफलता पाएको बताए ।


लुम्बिनी चिन्तन

थप समाचार