भैरहवा जेठ २ ।
भैरहवामा रहेको काशी नोबल एकेडेमीले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा कोरियन भाषाको विषय पढाउन सुरु गरेको छ ।
विद्यालयले कक्षा ११ र १२ मा कोरियन भाषालाई ऐच्छिक विषयका रूपमा पठनपाठन गराउन सुरु गरेको बिध्यालयका प्रिन्सीपल राजेन्द्र प्रसाद घिमिरेले जानकारी र्दिए ।
नेपाली विद्यार्थी कोरिया गइ अध्ययन गरेर पछिल्ला वर्षमा हासिल गरेको प्राविधिक र आर्थिक प्रगतिको जानकारी तथा प्रविधि नेपालमा ल्याउन सक्ने भएकाले कोरियन भाषा अध्ययन गराउन लागिएको बिध्यालयले जनाएको छ ।
बैदेशिक रोजगारीका लागी सजिलो गर्नका लागी नभएर उच्चस्तरको प्राविधिक शिक्षा हासिल गरी नेपाल फर्किएर नेपालमा दक्ष जनशक्ति तयार पार्न सकून् भन्ने उद्देश्यले कोरीयन भाषा पढाउन सुरु गरीएको प्रिन्सीपल घिमिरेले बताए ।
दक्षिण कोरियामा दक्ष जनशक्तिको माग उच्च रहेको र विदेशी विद्यार्थीहरूलाई विभिन्न छात्रवृत्ति दिएर आकर्षित गरिएकाले नेपाली विद्यार्थीलाई पनि त्यो अवसर लिन सक्ने भएकाले अध्ययन सुरु गरएिको विद्यालयका सह–प्राचार्य श्री रायमाझीले बताए ।
युरोप÷अमेरिका जाने धेरैजसो विद्यार्थीहरू उतै स्थायी बसोबास गर्ने तिर लाग्ने गरेका पाइएको छ । कोरियामा अध्ययनका लागि जाने विद्यार्थीहरूले निश्चित समयपछि स्वदेश फर्किनुपर्ने नियमका कारण उनीहरूले सिकेको सीप र प्रविधि नेपालकै विकासमा उपयोग हुन सक्ने भएकाले बिध्यालयले कोरीयन भाषालाई पाठ्यक्रममा समावेस गरेको बिध्यालय ब्यावस्थापन समितीका अध्यक्ष टोप बहादुर रायमाझीले जानकारी दिए ।