Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात क्षेत्र गम्भीर संकटमा: यातायात व्यवसायी


  • लुम्बिनी चिन्तन
  • चैत्र १४, २०८२ शनिवार
  • 130
    SHARES

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात क्षेत्र गम्भीर संकटमा: यातायात व्यवसायी

भैरहवा चैत्र १४/
पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण यातायात क्षेत्र गम्भीर संकटमा परेको भैरहवामा आयोजित एक कार्यक्रममा व्यवसायीहरू दुख ब्यक्त गरेका छन् । भैरहवामा केन्द्रीय कार्यालय रहेको लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, रुपन्देहीको शनिबार सम्पन्न १४औँ वार्षिक साधारणसभामा सहभागी ब्यावसायीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण व्यवसाय सञ्चालन गर्नै कठिन बन्दै गएको बताएका हुन ।
नेपाल ट्रक यातायात व्यवसायी संघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले नीति निर्माण तहमा रहेका व्यक्तिहरूले यातायात व्यवसायीका वास्तविक समस्या नबुझेका कारण ब्यावसायीहरु मर्कामा पर्दै गएको बताए । इन्धन मूल्यसँगै मर्मत, बीमा, कर लगायतका खर्चसमेत बढ्दै गएको उल्लेख गर्दै यसले व्यवसाय धान्नै कठिन भएको बताए । सरकारले समयमै भाडा समायोजन नगर्दा व्यवसायी थप समस्यामा परेको उनले बताए ।
लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष रुमाखर गौतमले मुलुकमा भइरहेका राजनीतिक तथा नीतिगत परिवर्तनहरूले पनि यातायात क्षेत्र प्रभावित भइरहेको बताए । सरकारको नीति अस्थिर हुँदा दीर्घकालीन योजना बनाउन नसकिएको अध्यक्ष गौतमले बताए । भारतीय नम्बर प्लेटका सवारीसाधन नेपालमा सञ्चालन भइरहँदा स्वदेशी व्यवसायी मारमा परेको अध्यक्ष गौतमको गुनासो थियो ।
संघका संस्थापक अध्यक्ष बिष्णुप्रसाद खरेलले नयाँ सरकारले यातायात व्यवसायीका समस्या बुझेर समाधानमुखी नीति ल्याउने अपेक्षा गरे । नेपाल पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष बिश्वास ढकाल, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिलिपकुमार कान्दु, नेपाल उद्योग वाणिज्य सङ्घका पूर्वकेन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ र सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवाली लगायतले बोल्दै निजी क्षेत्रका समस्या समाधानमा जोड दिएका थिए । साधारणसभाको अवसरमा संघले उत्कृष्ट कर्मचारी, सवारीधनी तथा संस्थालाई सहयोग गर्ने पत्रकारहरूलाई सम्मानसमेत गरेको थियो ।

 


लुम्बिनी चिन्तन

थप समाचार