Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

१७ करोडको हिडन प्यालेस, पाँचतारे सरहकाे सेवासुविधा 


  • लुम्बिनी चिन्तन
  • माघ ३०, २०७७ शुक्रवार
  • 1.5K
    SHARES

१७ करोडको हिडन प्यालेस, पाँचतारे सरहकाे सेवासुविधा 

भैरहवा । कोभिड महामारीले थला परेका होटल तथा पर्यटन व्वसाय विस्तारै जुरमुराइरहेका छन । सञ्चालन भइसकेका र निर्माणका क्रममा रहेका होटलहरु अहिले सहज परिस्थिती हुदै गर्दा पुरानै लयमा फर्किन लागेका छन । पछिल्लो समय रुपन्देहीमा पनि होटल तथा रेष्टुरेन्ट खुल्ने क्रमले तिव्रता पाएको छ । फरक विशेषता सहित ग्राहकहरुलाई तान्न होटल खुल्ने क्रमसँगै भैरहवा–बुटवलको केन्द्र विन्दु भलवारीमा होटल हिडन प्यालेस प्रा.लि बिहीबार देखि सञ्चालनमा आएको छ ।
भारतिय पर्यटक र अन्तराष्ट्रिय विमानस्थललाई मध्यनजर गरी पर्यटकीय क्षेत्र रुपन्देहीको तिलोत्तमा७, भलवारीमा १७ करोडको लगानीमा हल, रेष्टुरेन्ट सहितको होटल सञ्चालनमा आएको हो ।


स्थानीय खनाल परिवारको लगानीमा ३४ वटा सुविधा सम्पन्न कोठा सहितको होटल सञ्चालनमा ल्याएका छौ । जसमा २ वटा डिलक्स जुनियर स्वीट, ९ वटा क्वीन वेड र २३ वटा सुविधासम्पन्न टुवीन वेड रहने होटलका सञ्चालक तथा कार्यकारी अध्यक्ष भुवन शर्मा खनालले बताए । लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्धेश्यले यसका साथै अल डे डाइनिङ रेष्टुरेन्ट, सेमिनार हल, ३६० भ्यु बार हाउस डोम, व्याङक्वीट हल, स्वीमिङ पुल, बेकरी सहितको सुविधा दिने छौ केही निर्माण सम्पन्न छन भने केही निर्माणको पक्रियामा छ खनालले भने ।


नेपाली नयाँ वर्षसँगै सेवाग्राहीलाई थप नौलोपन दिन हेल्थ क्लब, जिम हाउस, फनपार्क, लगायतका संरचना निर्माण गर्ने लक्ष्य छ । हाललाई ३७ जनालाई प्रत्यक्ष रोजगार दिए पनि होटल फुलफेजमा सञ्चालन आएसँगै सय बढिलाई प्रत्यक्ष रोजगारी दिई स्थानीय र नेपाली उत्पादनलाई प्राथमिकता दिने प्रालिका प्रबन्ध निर्देशक आभुषण खनालले बताए । हादको लागि हामीले सफ्ट ओपनिङ गरेका छौ केही पूर्वाधारहरु अझै निर्माणकै क्रममा रहेकालो वैशाख १ गते ग्राण्ड ओपनिङ गर्ने योजना रहेको छ ।

सफ्ट ओपनिङसँगै म्युजिक नाइट, भेलेनटाइन डे लक्षित कार्यक्रमहरु ६ गते सम्मका लागि विशेष छुटका साथ लयएका छौ, ५ तारे होटल स्तरकै विशेषताका साथ रुममा १५ प्रतिशत र खाना तथा विभरेजमा २० प्रतिशत छुट दिने प्रबन्ध निर्देशक खनालले बताए । 
बुटवल भैरहवा भन्दा भलवारी केही ओझेलमा परेको ठान्दै आफ्नै ठाउको विकास गर्न परिवारहरुको सहयोगमा हिड्न प्यालेस सञ्चालनमा ल्याएका छौ, छोरा पनि भारतमा केही समय यहीफिल्डमा रहेकोले आफनै ठाउमा संघर्स गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै भलवारीमै होटल स्थापना गरिएको प्रलिकी अध्यक्ष अन्जु आचार्य खनालले बताइन । 


लुम्बिनी चिन्तन

थप समाचार