Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कोरोनामुक्त हुने बढे


  • लुम्बिनी चिन्तन
  • जेठ ८, २०७८ शनिवार
  • 1.2K
    SHARES

कोरोनामुक्त हुने बढे
 
काठमाडौं  । कोरोना सङ्क्रमणको सङ्ख्यामा खासै कमी आउन नसके पनि निको हुनेको  सङ्ख्यामा  भने  सुधार  हुँदै  गएको  छ  ।
गएको २४ घण्टामा थप आठ हजार ६०७ जनामा कोरोना भाइरस  सङ्क्रमण पुष्टि भएसँगै कोरोना निको हुने सङ्ख्यासमेत सात हजार ८९० रहेको छ । एक दिनअघि  बिहीबार छ हजार ५४३ जना सङ्क्रमित निको भएका थिए ।
 
स्वास्थ्य  तथा  जनसङ्ख्या  मन्त्रालयका  अनुसार  २२  हजार  ३५३  जनाको  पीसीआर  परीक्षण गर्दा आठ हजार ४०७ जना र ८७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई सय जना गरी कुल आठ हजार ६०७ जना सङ्क्रमित शुक्रबार थपिएका हुन् । 
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितहरुसँगै देशभर कुल सङ्क्रमितको सङ्ख्या  चार  लाख  ९७  हजार  ५२  पुगेको  छ  भने तीन लाख ७४ हजार ८३६ जना सङ्क्रमित निको भइसकेका छन् । शुक्रबार कोरोना निको हुने सङ्ख्या सात हजार ८९० रहेको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार