Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

अबैध मासुले मासु व्यवसायी मर्कामा


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ४, २०७७ मंगलवार
  • 1.0K
    SHARES

अबैध मासुले मासु व्यवसायी मर्कामा

भैरहवा।रुपन्देहीका मासु व्यवसायीलाई मापदण्डमा ल्याउन नसकेको एक कार्यक्रममा बक्ताहरुले जोड दिएका छन । मासु व्यवसायी समिति रुपन्देहीले भैरहवामा आयोजना गरेको मासु व्यवसायलाई कसरी व्यवस्थित गर्ने विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाले निकायले अव्यवस्थित मासु बध र नियम विपरित अस्वस्थ मासु बेच्नेलाई तल्लो तहबाट नै नियन्त्रण र व्यवस्थापन गर्नु पर्ने बताए । रुपन्देहीमा पाँच सय बढी मासु पसल अबैध रुपमा सञ्चालन भएको जानकारी स्थानीयतहलाई छ, निर्वाध रुपमा अस्वस्थकर मासुको बिक्रि गरिरहेका रोकिन उनीहरुलाई मापदण्डमा ल्याउन स्थानिय सरकारले भुमिका खेल्नु पर्ने, मासु व्यवसायी समितिका अध्यक्ष हजदार मियाले बताए । 
उनका अनुसार अनुसार रुपन्देहीमा एक हजार ७० जना व्यवसायी, समितिमा दर्ता भएर सञ्चालन भैरहेका छन् । अझै १३ सय बढी व्यवसायी, मासु व्यवसायी समितिमा दर्ता छैनन् । उनीहरुलाई करको दायरामा ल्याउनु पर्ने उनीहरुको माग छ ।
सरकारले तोकेको मापदण्ड पालना नगरेका व्यवसायीहरु बिना दर्ता रोकटोक बिनै सहजै व्यवसाय गरिरहेका छन् । यसरी अबैध रुपमा सञ्चालन गरेका व्यवसायीले अस्वस्थकर मासु बिक्रि गर्ने गरेको मासु व्यवसायी समितिको आरोप छ । हरेक दिन भारतबाट लुकीछिपी कुखुरा, खसीबाख्रा आएपनि रोक्ने पहल नहुँदा सधैँ मूल्यमा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको व्यवसायीले बताए ।
रुपन्देहीको भारततर्फ ६० किलोमिटर सिमा क्षेत्र छ । सिमित क्षेत्रहरुमा सुरक्षा निगरानी भएपनि अधिकांश ठाउँमा सुरक्षा व्यवस्था छैन् । फिटलो सुरक्षा व्यवस्थाको फाइदा उठाएर भारतबाट खसीबाख्रा, कुखुरा तस्करी हुने गरेको छ । करिव तीन वर्ष यता रुपन्देहीका मासु पसलहरु अनुगमन गरिएको छैन् । मुलुक संघिय संरचनामा जानु अघि कानुनी रुपमा जिल्ला प्रशासनले अनुगमनको जिम्मा पाएको थियो । त्यो अधिकार अहिले स्थानिय तहले पाएका छन् । अनुगमनको जिम्मा पाए पनि स्थानिय सरकार तथा अन्य सरोकारवाला निकाय मौन छन् ।  
दर्ता प्रकृयामा आए सरकारले तोकेका मापदण्डहरु लागू गर्नुपर्ने भएकाले धेरै व्यवसायीले दर्ता नगरि व्यवसाय गरिरहेको पशु चिकित्सकहरु बताउँछन् । अहिले स्थानिय तहमा व्यवसाय दर्ता गरिन्छ । मासु बध गर्ने स्थान र बिक्रि कक्ष छुट्टा छुट्टै बनाउँनुपर्छ, टायल तथा तार जालीको व्यवस्था हुनुपर्छ, मासु बध गरेको २४ घण्टा डिफ्रिज गरेर मात्र बिक्रि गर्नुपर्ने पशु चिकित्सक भरत काफ्लेले बताए ।
आफ्नो क्षेत्र भित्र सञ्चालन भैरहेको व्यवसायलाई करको दायरामा ल्याउनु स्थानिय सरकारको दायित्व हो । तर करको दायरामा ल्याउन स्थानिय तहले केही पहल गरेको छैन् । जसबाट सरकारले राजश्व गुमाइरहेको छ । आज रुपन्देहीको भैरहवामा व्यवसायीहरुले अन्तरकृया कार्यक्रम गरि आफ्ना गुनासाहरु सुनाएका हुन् ।

 


लुम्बिनी चिन्तन

थप समाचार