Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थ उद्योग वाणिज्य संघले सार्वजनिक गर्यो निर्वाचन कार्यक्रम

मतदाता नामावली प्रकाशन, २ वर्षे कार्यकालका लागि २८ पदमा निर्वाचन हुने


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ५, २०७७ बुधवार
  • 2.2K
    SHARES

सिद्धार्थ उद्योग वाणिज्य संघले सार्वजनिक गर्यो निर्वाचन कार्यक्रम

भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले अगामी कार्यकालका लागि निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ । रुपन्देहीको उद्योगी व्यवसायीहरुको अग्रणी साझा संस्थाको अगामी २ वर्षको कार्यकालको लागि फागुन २१ र २२ गते ६२ औं साधारणसभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने भएको छ । 
संघले मंगलबार बिहान २८ पदका लागि निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ । संघका कानुनी सल्लाहकार तथा मुख्य निर्वाचन अधिकृत अधिवक्ता शिव गौडेलले संशोधित विधान २०७४ बमोजिम फागुन २२ गते शनिबार संघको सभाहलमा निर्वाचन कार्यक्रम गरिने बताए । निर्वाचनका लागि आज ५ गते  विहान १० बजे सम्म प्रथम मतदाता नामावली प्रकाशन, दिउसो ३ बजे सम्म दावी विरोध, ४ बजे सम्म दाबी विरोध उपर छानवीन र निर्णय, ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । 
त्यस्तै फागुन १२ गते १० बजे देखि साढे ११ बजे सम्म उम्मेदवारका मनोनयन पत्र फारम वितरण, सोही दिन २ बजे सम्म मनोनयन पत्र दाखिला र दर्ता,, साढे २ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, ३ बजे सम्म उम्मेदवारको मनोयन पत्र उपर दावी विरोध, साढे ३ बजे सम्म मनोनयन पत्र माथीको दाबी विरोध उपर छानवीन र निर्णय, ३ः४५ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने छ ।

_DSC0089.JPG
त्यस्तै फागुन १३ गते विहान १० बजे देखि १२ बजे सम्म उम्मेदवारी फिर्ता लिन सकिने, दिउसो १ बजे  उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संघले जानकारी दिएको छ । फागुन २२ गते सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा विहान ९ बजे देखि ४ बजे सम्म मतदान, मतदान सम्पन्न भए पश्चात मतगणना र मतगण्ना पश्चात मतगण्नाको परिणम घोसणा गरिने मुख्य निर्वाचन अधिकृत गौडेलले नेपाल न्युज कास्टलाई जानकारी दिए ।    
यस वर्ष देखि २ वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चयन हुदैछ । ३१ सदस्सीय कार्यसमिती रहेको संघमा यस वर्ष ३२ सदस्यीय कार्यसमिति रहने छ । २०७४ सालको संशोधीत विधान अनुसार १०० जना कर्पोरेट सदस्य भएमा १ जना निर्वाचित कर्पोरेट उपाध्यक्ष रहने व्यवस्था भए बमोजिम हाल कर्पोरेट सदस्यको संख्या १४७ पुगेकोले विधान अनुसार कर्पोरेट उपाध्यक्ष पद थपिएको छ । 
आगामी २ वर्षे कार्याकालका लागि संघको नयाँ नेतृत्वमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष (बाणिज्य), उपाध्यक्ष (उद्योग), उपाध्यक्ष (कर्पोरेट), महासचिब, सचिब, कोषाध्यक्ष तथा सदस्यहरूमा १ महिला सहित ११ पद बाणिज्य तर्फ, १ महिला सहित उद्योगतर्फ ६ सदस्य, एशोसियट(कर्पोरेट) सदस्य २ पद र वस्तुगत सदस्य १ पद गरि २८ पदीय निर्वाचित नेतृत्व रहने छ । निवर्तमान अध्यक्ष पदेन सदस्य रहने र ३ जना सदस्य मनोनित गरी ३२ जनाको कार्यसमिती हुनेछ । 


  • सम्बन्धित विषय:

  • # सिद्धार्थ उद्योग वाणिज्य संघ

  • लुम्बिनी चिन्तन

    थप समाचार