Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कोभिडको संक्रमण बढेपछि बंगलादेशमा भाेलीदेखि देशव्यापी लकडाउन


  • लुम्बिनी चिन्तन
  • आषाढ १३, २०७८ आइतवार
  • 1.3K
    SHARES

कोभिडको संक्रमण बढेपछि बंगलादेशमा भाेलीदेखि देशव्यापी लकडाउन

कोरोना संक्रमणको दर नघटेपछि बंगलादेशमा सोमबारदेखि कडा खालको लकडाउनको घोषणा गरिएको यहाँको सरकारले जनाएको छ । यहाँ पछिल्लो केही दिनमा कोरोनाका सैक्रमितहरु बढ्दै गएपछि सो घोषणा गरिएको राजधानी ढाकाबाट प्राप्त भएका समाचारमा जनाइएको छ ।

बंगलादेशको सरकारले सोमबारदेखि एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको समाचारमा जनाइएको छ । लकडाउन  सोमबारबाट सुरु हुने र त्यो एक हप्तासम्म हुने बताइएको छ । शुक्रबार मध्यराति सो कुराको जानकारी दिइएको हो ।

बंगलादेशको प्रेस इन्फरमेसन्स डिपार्टमेन्टका तर्फबाट यहाँका स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै सो समाचार सार्वजनिक गरिएको हो । यातायात मन्त्री समेत रहेका आवामी लिगका महासचिव अव्दुल कादिरले पनि सरकारले आगामी सोमबारबाट एक साताका लागि देशव्यापी लकडाउन गर्ने निर्णय गरेको जानकारी हालै दिएका थिए ।

उनका अनुसार लकडाउनका बेला सबै सरकारी कार्यालय तथा अदालतहरु बन्द रहनेछन् । तर औधोगिक क्षेत्रहरु भने आलोपालो गरी चल्नेछन् ।लकडाउनमा सबै सार्वजनिक तथा निजी कार्यालयहरु तथा अदालतहरु बन्द रहेछन् । तर उद्योग तथा मिलहरु आलो पालो सञ्चालन हुने अधिकारीहरुले जनाएका छन् ।

बंगलादेशमा पछिल्लो चौविस घण्टामा ५ हजार ८३० जनामा कोरोना संक्रमण देखिएको छ । यही अवधीमा १०८ जनाको संक्रमणबाट मृत्यु भएको उल्लेख गरिएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय संक्रमण तथा मृत्युको दर पनि बढ्दै गएको जनाएको छ ।

अहिलेसम्म बंगलादेशमा ८ लाख ७८ हजार ५९४ जनामा संक्रमण देखिएको छ । त्यसैगरी यहाँ अहिलेसम्म ज्यान जाने व्यक्तिको संख्या करिब १४ हजार जना पुगेको बताइएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार