Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नाकामा मैनबत्ती जुलुश ,सुचारू नभए नाका बन्द गर्ने चेतावनी


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ६, २०७७ बिहिवार
  • 1.3K
    SHARES

नाकामा मैनबत्ती जुलुश ,सुचारू नभए नाका बन्द गर्ने चेतावनी

भैरहवा ।  नेपाल–भारत दशगजामा पर्यटन व्यवसायीहरुले मैनबत्ती जुलुश गरी धर्ना दिएका छन । 
स्थलमार्ग भई सबै भन्दा बढि पर्यटक आउने नाका बेलहिया सरकारले नाम मात्र खोलेको भन्दै पूर्ववत अवस्थामा सवारीसाधन आवगमन सहितको व्यवस्थाका साथ सिमा सुचारुको माग गर्दै बिरोध प्रदर्शन गरेका हुन । 
कोरोनाको जोखिम देखाउदै सरकारले हामी पर्यटन व्यवसायीलाई बनाएको छ, पर्यटन र पर्यटकको पुनः निरन्तरता तथा संचालनका लागि बेलहिया नाकाबाट पूर्व अवस्था जस्तै आवतजावत पर्यटकीय गतिविधी सहितको वातावरण बनाउन हामीले ३ गतेबाट चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गरेको सिद्धार्थ होटल एशोसियशन शानका अध्यक्ष सिपी श्रेष्ठले बताए । सीमा नाकाहरु पूर्णरुपमा सुचारु नगर्दासम्म हरेक दिन बेलहिया नाकामा धर्ना बस्ने कार्यक्रम तय भएको श्रेष्ठले जानकारी दिए ।
हामीले सामूहिक रुपमा लुम्बिनी प्रदेशका मुख्यमनत्री शंकर पोखरेललाई सिमा सुचारुका लागि ज्ञापन पत्र बुझाएका थियौ । एक हप्तामा नाका खोल्ने आश्वासन दिए पनि हाल सम्म खोलिएको अवस्था छैन । आज हामीले विरोध स्वरुप मोमबत्ती जनाए पनि अबको एक हप्ता भित्र कुनै व्यवस्था नभए दशगजाबाट नै माल बाहक गाडी सहित सम्पूर्ण होटल बन्द गर्ने शानका अध्यक्ष श्रेष्ठले चेतावनी दिए । 
लामो समय सीमा नाका बन्द हुँदा होटल र पर्यटन व्यवसाय संकटमा परेकाले तत्काल सञ्चालन गर्न माग गर्दै व्यवसायीहरु धर्ना बसेका हुन् । कोरोना महामारीका कारण सीमा नाकाहरु एक वर्षदेखि बन्द छन् ।
‘नाका सञ्चालन नहुँदा सीमा क्षेत्रमा सञ्चालित होटेल व्यवसाय संकटमा परेका छौ घर भाडा,कर्मचारीलाई तलब, विद्युत महसुल समेत तिर्न नसक्ने अवस्था आएकोले बाध्य भएर सिमामा आएका लुम्बिनी होटल एशोसियनका अध्यक्ष मिथुन श्रेष्ठले बताए । 
पर्यटन व्यवसायीहरुले कोरोना भाइरस संक्रमणको जोखिम कम भएको र भारत लगायत विभिन्न देशमा अन्तर्राष्ट्रिय हवाई उडान समेत सुरु भइसकेको अवस्था छ । ‘निर्वाध रुपमा मालबाहक सवारीसाधान र चालकहरु आउदा कोरोनाको जोखिम नहुने पर्यटक र पर्यटकीय सवारीसाधन आउदा जोखिम हुने यो कस्तो व्यवस्था हो ।’ दुवै देशका सरोकारवाला निकायले छलफल गरी याथासिघ्र सवारीसाधान आवतजावत सहित सिमा सुचारु गर्नु पर्ने व्यवसायीहरुको माग गरेका छ । विरोध कार्यक्रममा प्रदेश सांसद सन्तोस पाण्डेले समेत व्यवसायीहरुलाई साथ दिएका थिए । सांसद पाण्डे नेपाल प्राकृतिक रुपमा नै पर्यटकका लागि निर्माण भएकोले केन्द्र सरकार र प्रदेश सरकारबाट पनि सिमा सुचारु गर्न दबाब दिने, सिमा खोल्न पहल गर्ने प्रतिबद्धता जनाए । दुवै देशको सारेकारवाला निकायको वार्ता, समझदारी तथा समन्वयबाट सिमा सुचारु नभए कडा आन्दोलनका साथ व्यवसायीहहरुसँग दशगजामा आउने सांसद पाण्डेले भने ।
विरोध कार्यक्रमलाई सिद्धार्थ होटल एशोसियशन नेपाल सान, सोसाइटी अफ ट्राभल्स एण्ड टुर्स, होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, लुम्बिनी होटल एशोसियन, सिद्धार्थ उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन, पश्चिमाञ्चल यातायात, लुम्बिनी मनि चेञ्जर, बेलहिया गाँउ समाज, गृहलक्ष्मी  समूह, बेलहियाका स्थानीय, सुनौली व्यापार मण्डल, नेपाल भारतका उद्योगी व्यवसायीहरुले ऐकबद्धता जनाई दशगजामा मोमबत्ती बालेर विरोध जनाएका थिए । 


लुम्बिनी चिन्तन

थप समाचार