Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

शिक्षकस्तरीय प्रतियोगितामा बहिराबाल प्रथम


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ७, २०७७ शुक्रवार
  • 594
    SHARES

शिक्षकस्तरीय प्रतियोगितामा बहिराबाल प्रथम

भैरहवा । ‘प्रजातन्त्रमा शिक्षकको भूमिका’ विषयक प्रतियोगितात्मक प्रवचन कार्यक्रममा बहिराबाल माविका शिक्षक महेशप्रसाद चापागाईं प्रथम भएका छन ।
प्रजातन्त्र दिवसको पूर्व सन्धयामा सिद्धार्थनगर नगरपालिकाद्वारा नगर क्षेत्रमा रहेका सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरूले आयोजित उक्त प्रतियोगितामा ११ विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो । 
भैरहवा नमूना माविमा सम्पन्न प्रतियोगिता नगर प्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षता ,उपप्रमुख उमा काफ्लेको विशेष आतिथ्यमा भएको थियो । ११ शिक्षकहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा मूनलाइट बोर्डिङ माविका शिक्षक मधुसूदन पोखरेल द्वितीय ,पक्लिहवा माविका शिक्षक देवीप्रसाद न्यौपाने  तृतीय  र भैरहवा नमूना माविका शिक्षक विनोद काफ्लेले सान्त्वना स्थान प्राप्त गरी नगद पुरस्कार र प्रमाणपत्र पुरस्कृत भए ।
प्रतियोगिताको निणैयक मण्डलमा प्राध्यापक साहित्यकार बालकृष्ण भट्टराई ,प्राज्ञ गजलकार बूँद राना,आख्यानकार विजय सागर तथा कवयित्री कविता रिजालले रहेका थिए भने नगरशिक्षा प्रमुख चेतनशील लम्सालको स्वागत एवं शिक्षा अधिकृत जाह्नवी पाण्डेयको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


  • सम्बन्धित विषय:

  • # सिद्धार्थनगर नगरपालिका

  • लुम्बिनी चिन्तन

    थप समाचार