Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक असोज २० र ३१ गते उम्मेदवारी मनोनयन


  • लुम्बिनी चिन्तन
  • आषाढ २१, २०७८ सोमवार
  • 784
    SHARES

मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक असोज २० र ३१ गते उम्मेदवारी मनोनयन

काठमाडौं । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार गरी सार्वजनिक गरेको छ । 
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेका बेला आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको हो ।

निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले आजै मतदाता नामावली, दल दर्ता र तथा उम्मेदवारी मनोनयन लगायतका सबै कार्यतालिका औपचारिक रूपमा सार्वजनिक हुने जानकारी दिए ।

आयोगको बैठकले तयार पारेको नेपाल प्रेसलाई प्राप्त तालिका अनुसार पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमा २० गते उम्मेदवारी मनोनयन गर्ने तालिका बनेको छ । दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा असोज ३१ गते उम्मेदवारी मनोनयनको तालिका तय भएको छ । सरकारले पहिलो चरणमा कात्तिक २६ र दोस्रो चरणमा मंसिर ३ मा निर्वाचनको मिति तोकेको छ ।

आयोगले निर्वाचन प्रयोजनका निम्ति दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको समय दिने भएको छ । सोमबार दल दर्ताका लागि आह्वानसहित निर्वाचन कार्यक्रम सार्वजनिक हुनेछ ।

असोज २० गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र २१ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।


  • सम्बन्धित विषय:

  • # निर्वाचन २०७८

  • लुम्बिनी चिन्तन

    थप समाचार