मर्चवार । मर्चवारमा उद्घाटन हुने पुलको शिलालेख उद्घाटन गर्नु भन्दा अगावै गायब भएको छ ।
सम्मरीमाई गाउँपालिका वडा नं. ७ र लु.स.न.पा वडा नं.२ लाई जोडने लम्तिहवामा २ करोड ४५ लाखको लागतमा पुल श्री अर्घाखाची धुलिखेल बाबुल जेभीले निर्माण सम्पन्न गरेर शिलालेख उद्घाटनको लागि राखेको थियो । निर्माण कम्पनिले बिहीबार तयारी अवस्थामा राखेको शिलालेख उद्घाटन गर्नु भन्दा पहिलै नै गायब भएको छ ।

शिलालेख शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले अनावरण गरी उद्घाटन गर्ने कार्यक्रम भए पनि झुलुङ्गे पुलमा लगाइएको शिलालेख चोरी भएपछि रिबन काटेर पुलको उद्घाटन भएको छ ।
पुलको उद्घाटनमा मुख्यमन्त्री पोखरेलले चोरी भएको शिलालेख प्रहरीमा उपलब्ध गराउनेलाई ब्यक्तिगत ५ हजार पुरस्कार दिने घोषणा गरे । उनले भने ‘शिलालेख प्रहरी सम्म पु¥याइदिनेलाई प्रहरीले कुनै कारवाही नगरी नगद पुरस्कारले पुरस्कृत गर्ने छौ ।’
के प्रयोजनको लागि शिलालेख लगिएको, कसको भनाईमा त्यस्तो काम गरिएको जानकारीको अपेक्षा राख्दै अबको दिनमा त्यस्ता काम नगर्न मुख्यमन्त्री पोखरेलले आग्रह गरे ।
दानव नदीमा सस्पेन्सन सहितको २ सय ३ दमलव ८ मिटर लामो भुलुङ्गगे पुल ठेकका सम्पन्न गर्नुपर्ने मिति भन्दा १४ दिन अगावै निर्माण भएको छ ।
यसैगरी भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले त्यो शिलालेख चोरी भएको प्रति दुख ब्यक्त गरे । शिलालेख चोरी गर्नेको खोजी गर्न र निर्माण कम्पनीले पुनः अर्को शिलालेख लगाउन निर्देशन दिएका छन् ।