Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

निर्वाचनको प्रचार प्रसारमा हेलिकप्टर प्रयोग गर्न पाइने

गत आम चुनावमा विरोध, यस पटक पुनः


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ८, २०७७ शनिवार
  • 1.1K
    SHARES

निर्वाचनको प्रचार प्रसारमा हेलिकप्टर प्रयोग गर्न पाइने

भैरहवा । आगामी निर्वाचनको प्रचार प्रसारका लागि राजनीतिक दलले हेलिकप्टर प्रयोग गर्न सक्ने प्रावधान आचारसंहितामा उल्लेख गरिएको छ ।
 जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले भैरहवामा शुक्रबार निर्वाचन आचार संहिताका बिषयमा सरोकारवाला निकायको भुमिका विषयक अन्तरकृया कार्यक्रममा जुलुस, आमसभा, कोणसभा,र्याली, बैठक एवम् भेला गर्दा प्रचार प्रसारको लागि राजनीतिक दलले आफ्नो तर्फबाट तीनजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर प्रयोग गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । गत आम चुनावमा विरोध भएको यो विषय यसपटकको निर्वाचनमा खर्च ब्यबस्थापन र प्रचारलाई कडाइ गरेको भनिएपनि हेलिकप्टर लाई छुट दिइएको छ ।
आयोगले निर्वाचन आचारसंहिता, २०७२ लाई प्रतिस्थापन गर्न निर्वाचन आचारसंहिता, २०७७ निर्माणकोे प्रक्रियामा छ । राजनीतिक दलले हेलिकप्टर प्रयोग गर्दा राजनीतिक दलको लागि आयोगले निर्धारण गरेको निर्वाचन खर्चको सीमाभित्र रही खर्च गर्न पाउने आचारसहिंतामा सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणमा उल्लेख रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए ।

heli.jpg
आचारसंहिता उल्लंघन गरेमा एक लाख जरिवाना गर्ने र उम्मेदवारी खारेज सम्म गर्ने ब्यबस्था पनि गरेको छ । आयोगले यसपटक आचारसंहिता आगामी सबै चुनावलाई केन्द्रमा राखेर निर्माण गरेको छ । पाँच लाख रुपैयाँभन्दा धेरै चन्दा तिर्नु परेमा बैंक वा कुनै बित्तीय सस्थाहरुबाट पठाउनु पर्ने नियम पनि आयोगले बनाएको छ ।
त्यस्तै स्थानीय तहको कुनै पदको निर्वाचन प्रचारप्रसारको लागि राजनीतिक दलले आयोगले तोकेको सङख्या र प्रकारका सवारी साधन मात्र प्रयोग गर्नुपर्ने । सवारी साधनको प्रयोग गर्नु अघि राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले त्यस्तो सवारी साधन प्रयोग गर्न अनुमतिका लागि सम्बन्धित निर्वाचन अधिकृत समक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्ने । निर्वाचन अधिकृतले तोकिएको ढाँचामा सवारी साधन प्रयोग गर्न अनुमतिपत्र दिने र त्यस्तोे अनुमतिको अभिलेख राख्नुपर्ने उल्लेख छ ।
राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनले जुलुस, आमसभा, कोणसभा, र्याली, बैठक एवम् भेला गर्दा भाग लिने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झण्डा अंकित कपडा, टोपी (क्याप), भेष्ट लगाउन वा झोला बोक्न नहुने आचारसंहितमा उल्लेख छ । त्यस्तै पाँचहजार रूपैयाँभन्दा बढी चन्दा लिँदा बैङ्क वा वित्तीय संस्था मार्फत लिनुपर्ने, चन्दाको रूपमा नगद लिएमा चन्दा दिने व्यक्ति वा संस्थालाई सो रकम बुझेको रसीद वा भरपाई दिनुपर्ने छ । 
सुरक्षा निकाय , राजनैतिक दलहरु , सामाजीक संघ संस्था संञ्चारकर्मी लगायत संग निर्वाचन आचार संहिताका बिषयमा भएको छलफलमा निर्वाचन आचार संहिता स्ंवय राजनैतिक दलहरुले पालन गर्नु पर्नेमा दलहरुले पालना नगर्ने र कार्यान्वयन गर्नै निकाय पनि निरिह रहदा समस्या श्रृजना हुदै आएको छ । आचार संहिता राम्रो भए पनि कर्यान्वयनका पाटोहरु कमजोरी हुदा समस्या श्रृजना हुने गरेको सहभागीले बताए । 


  • सम्बन्धित विषय:

  • # निर्वाचन २०७८

  • लुम्बिनी चिन्तन

    थप समाचार