Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

उत्कृष्ट राजनितिक व्यवस्थाहरु भोगेपनि देश फसेको अवस्थामा : सीके राउत


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ९, २०७७ आइतवार
  • 2.5K
    SHARES

उत्कृष्ट राजनितिक व्यवस्थाहरु भोगेपनि देश फसेको अवस्थामा  : सीके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका अध्यक्ष सीके राउतले उत्कृष्ट राजनितिक व्यवस्थाहरु सबै नेपालले भोगेपनि देश अझै फसेको अवस्थामा रहेको बताइका छन । 
लुम्बिनी प्रेस क्लबले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राउतले नेपालमा सानो समयमा ठूलो परिवर्तन आएको छ, उत्कृष्ट राजनितिक व्यवस्थाहरु सबै नेपालले भोगेको भए पनि अहिले सरकार, प्रतिपक्ष सहित लाखौँ जनता सडकमा रहेको बताए ।
नेपालमा राजतन्त्र, राणतान्त्र, प्रजातन्त्र, सवैधानिक राजतन्त्र वा लोकतनत्र, गणतन्त्र र अहिले संघीय संरचना पनि छ,  विश्वका सबै उत्कृष्ट व्यवस्था नेपाल आएकोले नदेखेको न भोगेको कुनै संरचना रहेन, एउटै पिढीले सबै भोग्न र देख्न पाएका राउतले भने  
‘संसद विघटन पहिला भए पनि यस पटकको घटनालाई असमान्य आलोचनात्मक रुपमा लिएका छौ, संसारको सर्वोत्कृष्ठ व्यवस्था दुई तिहाइ मत पाए पछि पनि देश फसेको अवस्थामा छ । अहिलेको यक्ष प्रश्न नै समग्र राजनितिबाट वा अर्को सरकारबाट के अपेक्षा गर्ने ।’ उनले प्रश्न गरे  

151969482_336194094403812_3693114326166321237_n.jpgदेशको अर्थतन्त्र विदेशी युवाहरुले धानेको छ तर उनीहरु स्वयम मतको अधिकारबाट बञ्चित छन । ४० लाख युवा विदेशमा भौतारिरहेका छन, कोरोना महामारीमा समेत रोजगारीका लागि घर फर्किन वातावरण बन्न सकेको छैन । हामीले उत्याधुनिक डिजीटलको व्यवस्था गरेर सही पात्र चयन गर्ने दिशा तर्फ उन्मुख हुनु पर्ने बताए ।
नागरिक आन्दोलन कुनै दल गुट  विशेषलाई मानेर हुदैन, नागरिक आन्दोलन गर्ने हो भने पुराना पार्टी प्रतिबन्धित हुनु पर्छ, ०४६ साल पछिका सबै जनप्रतिनिधी भ्रष्टाचारहरुको छानवीन गर्नु गरेर मात्र नागरिक आन्दोलन तर्फ उन्मुख हुनुपर्ने अध्यक्ष राउतले बताए ।    
गणतन्त्र र दलीय संघीय व्यवस्थालाई जति सरापे पनि यस्को अर्को विकल्प छैन, जनताले हराएको व्यक्ति समिकरण पुरा गरेर प्रधानमन्त्री बन्नु प्रत्यक्ष  लोकतन्त्र होइन, तल्लो तह वडादेखि राष्ट्रप्रमुख सम्म नै प्रत्यक्ष चयन गर्न पाउनुपर्छ उनले भने ।
ओलीसँग मिलेर जाने कुरा अतिरञ्जीत मात्र हो, राजनितिमा सबैसँग सहकार्य राख्न सकिन्छ, एजेण्डा मिल्यो भने नयाँ बैकल्पीक शक्तिसँग सहकार्य हुन सक्ने बताए । अहिले हामी सर्वोच्च अदालतको निर्णय पर्खिरहेका छौ । फैसला भएर निर्वाचनमा गयो भने निर्वाचनमा जान्छौ होइन भने आउने निर्वाचनको तयारीमा जनमत रहेको अध्यक्ष राउतले भने ।
जनमत पार्टी ४ वटा सिद्धान्त जनसम्प्रभुता, प्रत्यक्ष÷डिजीटल लोकतन्त्र, सामाजिक न्याय र समाजवादको स्तम्भमा रहेर राजनिति गरिरहेको छ ।

151668188_170371658013134_4714020073762602322_n.jpg


लुम्बिनी चिन्तन

थप समाचार