Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

एमसिसि विरुद्ध जनमुक्ति पार्टी रुपन्देहीद्वारा भैरहवामा विरोधसभा 


  • लुम्बिनी चिन्तन
  • श्रावण २४, २०७८ आइतवार
  • 4.1K
    SHARES

एमसिसि विरुद्ध जनमुक्ति पार्टी रुपन्देहीद्वारा भैरहवामा विरोधसभा 

भैरहवा । जनमुक्ति पार्टी जिल्ला कमिटी रुपन्देहले एमसिसी नेपालबाट सधैका लागि फिर्ता पठाउनु पर्ने जनाएको छ । ' बहुजातिय लोकतान्त्रिक समाजवाद जनमुक्ती विचारधारा हाम्रो अभिभारा ' भन्ने नाराका साथ  पार्टीको सिद्धार्थनगर कमिटीको व्यवस्थापनमा भैरहवामा आईतबार आयोजित विरोधसभमामा बोल्ने पार्टीका नेताहरुले एमसिसी राष्ट्रघाती सम्झौता भएको ठहर गर्दै यसलाई कुनै पनि हालतमा नेपालमा लागु गर्न नहुने तर्क गरेका हुन् ।

IMG_20210808_165840.jpg

जनमुक्ति पार्टी रुपन्देहीका अध्यक्ष प्रेम बहादुर थापाको अध्यक्षतामा भैरहवाको बर्मेलीटोल शुकदेव पार्कमा आयोजित एमसिसी विरोधसभालाई सम्बोधन गर्दै पार्टीका संघीय परिषद् सदस्य गिता सारुले एमसिसीको विरोधमा जनमुक्ति पार्टीले देशभरका जनताको साथ लिने बताईन् ।

राष्ट्रको अस्तित्व मेटिने गरी गरिने कुनैपनि सम्झौताको विरोधमा एक ढिक्का भएर लाग्ने उनको भनाई छ । एमसिसी राष्ट्रको लागि घात बाहेक केही होईन् केन्द्रिय सदस्य सारुले भनिन् । कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ्गले एमसिसी पास भए नेपाली भएर बाच्न नपाउने, देशका सबै साधन स्रोतमा विदेशीको हस्तक्षेप हुने बताए ।

 

IMG_20210808_165846.jpg

यस्तै अहिलेको सरकार एमसिसी पास गर्ने धाउन्नमा लागेको आरोप लगाउदै पार्टी लुम्बिनी प्रदेशका संचार प्रमुख राम अस्लामी, नेपाल राष्ट्रिय राष्ट्रिय मुस्लिम परिषद्का महासचिव मोजिव अलिले एससिसीको विरोधमा जनमुक्ति पार्टीलाई साथ दिन सबै युवाहरुलाई आग्रह गरे । एससिसी देशमा कुनै हालतमा संचालन गर्न नहुने बताए । पार्टीका जिल्ला सचिव दिल माया गुरुङ्गको संचालन तथा नगर अध्यक्ष प्रेम बहादुर गुरुङ्गको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

विरोधसभा अघि एमसिसीको दलाल मुर्दावात,बढ्दो महङ्गी बन्द गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेको रयालीले नगर परिक्रमा गरी सभामा परिणत भएकाे थियो ।

IMG_20210808_165955.jpg

 


लुम्बिनी चिन्तन

थप समाचार