Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री पाण्डेयले दिए राजीनामा


  • लुम्बिनी चिन्तन
  • श्रावण २७, २०७८ बुधवार
  • 1.3K
    SHARES

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री पाण्डेयले दिए राजीनामा

भैरहवा । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् ।  मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबल हुने अघिल्लो दिन मन्त्री पाण्डेले राजीनामा दिएका हुन । उनी पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै पार्टीको कारबाहीमा परेर सांसद पदबाट मुक्त भएका थिए।

नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त ठानेको र जनता समाजवादी पार्टी जसपाले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेकाले मन्त्री पदबाट राजीनामा दिएको पाण्डेले निकालेको विज्ञप्तिमा उल्लेख छ । गएको बैशाखमा मन्त्री बनेका पाण्डेसहित विजय यादव र कल्पना पाण्डे लम्साललाई सरकारबाट फिर्ता हुन नमानेपछि जसपाले कारबाही गरी सांसदबाट हटाएको थियो ।

निर्णयविरुद्ध तीनै जना अदालत गएका थिए । तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । रुपन्देही क्षेत्र नम्बर ३ को १ बाट निर्वाचित पाण्डेयले पद त्यागे पनि विजय यादव र कल्पना पाण्डे लम्साल भने सरकारमा छन् ।

लुम्बिनी प्रदेशसभामा जसपाका ६ सांसद रहेकोमा पार्टीले तीन जनालाई कारबाही गरेपछि अब तीन सांसद कायम छन् । उनीहरु विपक्षी गठबन्धनमा छन् । 

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन अाज बुधबार दिउँसो १ बजे बस्दैछ । 


लुम्बिनी चिन्तन

थप समाचार