Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन भाद्र १ गते आह्वान


  • लुम्बिनी चिन्तन
  • श्रावण ३०, २०७८ शनिवार
  • 1.6K
    SHARES

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन भाद्र १ गते आह्वान

बुटवल ।लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शेरचनले प्रदेशसभाको नवौं अधिवेशन भाद्र १ गतेका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री कुल प्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसका आधारमा प्रदेश प्रमुख शेचरनले शनिबार प्रदेशसभाको नयाँ अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभाको सचिवालयले सूचना टाँस गरि प्रदेशसभाका सदस्यहरुलाई नवौं अधिवेशनको जानकारी दिएको छ । प्रदेश सचिवालयका सचिव दुर्लभकुमार पुनले हस्ताक्षर गरेको सूचनामा नेपालको संविधानको १८३९१० बमोजिम प्रदेश प्रमुख अमिक शेरचनबाट भाद्र १ गते मध्यान्ह १ बजेका लागि प्रदेशसभाको नवौं अधिवेशन आह्वान भएको उल्लेख गरिएको छ । सूचनामा प्रदेशसभा नियमावली २०७४ को नियम ३९१० बमोजिम सदस्यहरुलाई सूचित गरिएको छ ।

नयाँ अधिवेशनमा मुख्यमन्त्री कूलबहादुर केसीले बैठकको शुरुमै संसदको विश्वासको मत लिने र त्यपछिमात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेकाे ४ दलिय गठबन्धनले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार