Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

राप्रपा रुपन्देहीको वडास्तरीय अधिवेशन


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १०, २०७७ सोमवार
  • 1.5K
    SHARES

राप्रपा रुपन्देहीको वडास्तरीय अधिवेशन

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही विभिन्न वडा स्तरीय अधिवेशन गरेको छ । संगठन विस्तार तीव्रता दिदै राप्रपाले दिदै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८, रोहिणी गाउँपालिका वडा नम्बर ३ र ४, बुटवल उपमहानगरपालिका वडा नम्बर ७ मा वडा भेलाबाट अधिवेशन गरेको हो । 
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८को अधिवेशनबाट मेघनाथ आचार्यको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्बिरोध चयन भएको छ । भेलामा विभिन्न पार्टी परित्याग गरी १५ जना राप्रपामा प्रवेश गररेका छन । लुम्बिनी ट्रक व्यवसायी समितिका अध्यक्ष विष्णु खरेल, लुम्बिनी विकास कोषका पूर्व अधिकृत कपिल भट्टराई, सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का निर्देशक डा. अमित चर्तुवेदी, समाजसेवी कृष्ण प्रसाद शर्मा, मेघराज पन्थी सहित १५ जना राप्रपामा प्रवेश गरेको अधिवेशन संयोजक एवं राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए । 

rpp (2).jpg
उपाध्यक्ष गुप्ताको अध्यक्षता, पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्व गृहमन्त्री निरञ्जन थापाको प्रमुख आतिथ्यता तथा युवा नेता शंकर खत्रीको सञ्चालनमा भएको भेलामा केन्द्रीय सदस्य बसन्त विक्रम शाही, पुर्ण बहादुर वि.क., सुमन राणा, जिल्ला अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी, जिल्ला सदस्य नारायण शर्मा, भोला देवान, जिल्ला सचिवालय सदस्य बलराम शर्मा, दिपक पाण्डे, प्रकाश ढाढी, विश्व प्रकाश श्रेष्ठ, नगर अध्यक्ष राजेश ढकाल, युवा नेता विरेन्द्र ज्ञवाली, हरि के.सी. लगायतको उपस्थिति रहेको थियो ।

rpp (1).jpg
यसै गरी राप्रपा रोहिणी गाउँपालिका वडा नम्बर ३ र ४ को संयुक्त भेला तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले वडा नम्बर ३ मा अनिल कुर्मी चौधरी र वडा नम्बर ४ मा समसुद्दिन खानको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । वीर बहादुर क्षेत्री र समसुद्दिन खानको अध्यक्षता, राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराको प्रमुख आतिथ्यता, केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं पूर्वमन्त्री निरञ्जन थापा, केन्द्रीय कार्यसम्पादन समिति सदस्य ताहिर अली, जिल्ला अध्यक्ष सागर प्रताप राणाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

rpp (3).jpg
त्यस्तै राप्रपा बुटवल उपमहानगरपालिका वडा नम्बर ७ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले प्रकाश परियारको अध्यक्षतामा २५ सदस्यीय वडा समिति सर्वसम्मत निर्वाचित गरेको छ । पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा युवा नेता प्रदिप उदयको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।


  • सम्बन्धित विषय:

  • # राप्रपा

  • लुम्बिनी चिन्तन

    थप समाचार