Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सुनियोजित घटनाको सत्य तथ्य छानविन गर्न पालिका अध्यक्षको माग, आफु निर्दोष रहेको शुक्लाको जिकीर


  • लुम्बिनी चिन्तन
  • भाद्र १२, २०७८ शनिवार
  • 4.7K
    SHARES

सुनियोजित घटनाको सत्य तथ्य छानविन गर्न पालिका अध्यक्षको माग, आफु निर्दोष रहेको शुक्लाको जिकीर

भैरहवा ।  रुपन्देहीको दक्षिणी क्षेत्रका पालिका अध्यक्षहरुले सम्मरीमाई गाउंपालिका अध्यक्ष जितेन्द्र नाथ शुक्लाको घटना राजनितिक प्रतिसोधको उपज भएको भन्दै सत्य तथ्य छानविन गर्न माग गरेका छन । यसरी चौविसै घण्टा जनताको सेवामा खटिने जनप्रतिनिधिमाथि हमला गर्दै जाने हो भने आगामि दिनमा काम गर्न असहज हने समेत उनीहरुले बताएका छन् ।

साउन २८ गते दिउंसो गाउंपालिका अध्यक्ष शुक्ला माथि भएको घटना निर्वाचित जन प्रतिनिधिको भविष्य र इज्जत माथिको खेलवाड भएको भन्दै भैरहवामा पत्रकार सम्मेलन गरी रुपन्देहीका दक्षिणी क्षेत्रका पालिका अध्यक्षहरुले घटनाको घोर भत्र्सना गरेका हुन ।

collage (38).jpg

निर्दोष जन निर्वाचित प्रतिनिधिको भविष्य अन्धकारमा पार्न झुठा घटना बनाउन षडयन्त्र गरी सहयोग माग्ने बहानामा जनप्रतिनिधिलाई भेट्न पठाई कथित घटनाको आरोप लगाइएको पालिका अध्यक्षहरुको भनाई छ । जनप्रतिनिधिलाई राजनैतिक र ब्यक्तिगत रिस साध्न सुनियोजित तरीकाले फसाइएको दावी गर्दै ंंपालिका अध्यक्षहरुले  प्रशासनको भुमिका पनि शंकास्पद रहेको आरोप लगाए । जनप्रतिनिधिमाथि लगाईएको झुटा आरोपप्रति गाउंपालिका महासंघले आपत्ति जनाएको छ ।

निर्दोष माथि सुनियोजित झुठा आरोप लगाई अनाहक फसाउने काम हामी जो कोही जनप्रतिनिधिलाई हुन सक्छ, यस्ता कार्य बन्द होस् र सुनियोजित तथा कथित घटनाको यर्थाथ सत्य तथ्य छानविन गरी  निदोैष अध्यक्ष शु क्लालाई न्याय दिन तथा झुटा आरोप लगाउने महिलामाथि कडा कारवाही गर्न अध्यक्षहरुले माग गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै गाउंपालिका अध्यक्ष महासंघका केन्द्रिय सदस्य तथा ओमसतिया गाउंपालिकाका अध्यक्ष हिरा केवट राहुलले भने हामी २४ घण्टा नै स्थानीयसंग समन्वय गर्नु पर्ने भएकोले यस्ता घटना हुंदा प्रशासनले पनि विचार र अनुसन्धान गरेर मात्र एक्शन लिनु पर्ने बताए । निवेदनकै आधारमा पक्राउ गरी हिरासतमा राखेका शुक्लालाई भेट्न समेत नदिएको कारण प्रहरीको भुमिका पनि शंकास्पद रहेको उनले बताए ।

त्यस्तै लुम्बिनी सास्कृतिक नगरपालिकाका अध्यक्ष मनमोहन चौधरीले निवदेन दिएकै आधारमा कारवाही गर्नु ठिक नभएको बताए, व्यतिmगत प्रतिसोधका आधारमा पदमा बसेको जनप्रतिनिधीहरु जसलाई पनि यो घटना हुन सक्ने हुदां कारवाही गर्नु भन्दा अगावै विचार गर्नु पर्ने बताए ।

collage (39).jpg

रोहिणी गाउंपालिकाका अध्यक्ष सनोज कुमार यादवले हामीले यो घटना बुझे अनुसार भुटो सवित भएपनि प्रशासनले गरेको व्यवहार रवैया प्रति चित्त नबुझेको बताए । दोषीलाई कारवाही हुनु भन्दा अगावै प्रशासनले अन्य अपराधी र दोषीहरुसंगै आरोपितलाई राखेर गर्ने व्यवहारमा परिवर्तन हुनु पर्ने बताए ।

यस्तै कोटहीमाई गाउंपालिका अध्यक्ष चन्द्र भुष्ण यादव, मायादेवी गाँउपालिका अध्यक्ष धु्रव नारायण चौधरी, लुम्बिनी सास्कृतिक नगरपालिकाका उप प्रमुख जानकी देवी श्रीवास्तव, मर्चवारी गाँउपालिका उपाध्यक्ष सुनिता कलवार, कोटहीमाई गाँउपालिका उपाध्यक्ष भानमति बानिया लगायतले षणयन्त्र गरी लगाएको आरोपको अनुसन्धान गरी संलग्न सबैलाई कारवाही हुनुपर्ने, रातदिन नभनि महिलाहरुको सेवा गर्दै आई रहेकामा अब यो घटनाले सोच्नु पर्ने बाध्यता ल्याईदिएको उनीहरुले बताए ।

collage (36).jpg

पत्रकार सम्मेलनमा बोल्दै आरोपित शुक्लाले आफुलाई राजनैतिक प्रतिसोधले नै फसाएको बताए । निर्वाचनमा चुनाव लडेर जित्दैनन् कसरी हुन्छ व्यइज्जत गरेर भएपनि तल गिराउने काम भएको छ । घटना भएको दिन आफु गाउंपालिकाको सम्पूर्ण टिम सहित कार्यक्रममा रहेको उनले बताए । उनले आफु निर्दोश रहेको तथ्यहरु ऋदालतसामुपेश गरेको समेत दावी गरे । घटना भएको भनिएको दिनमा आफु अन्यत्र कार्यक्रममा रहेको जिकीर आरोपित शुक्लाको छ । पत्रकार सम्मेलनमा उपस्थित शुक्लपत्नी पल्लवी शुक्लले यदि महिला माथि आफ्नो श्रीमान्बाट कुनै कमजोरी भएकोभए महिलाको न्यायको लागि लड्ने बताईन । तर घटना सार्वजनिक भए लगतै ती पीडित भनिएकी महिलालाई भेट्न जांदा उनी फरार रहेको पत्नी शुकलाले बताईन् । अहिले म र मेरा बच्चा पीडित भएका छौं झुठा आरोप लगाउने ती महिलालाई कारवाही हुनुपर्छ उनले भनिन् ।

DSCN0804.JPG

सम्मरीमाई गाउपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लालाई साउन २८ गते जबरजस्ती करणी उद्योगको आरोपमा उजुरी परे पछि प्रहरीले पक्राउ गरेको थियो । साउन २८ गते पक्राउ परेका शुक्लालाई रुपन्देही जिल्ला अदालतले १३ दिन पछि भदौ ८ गते साढे ५ लाख धरौटीमा रिहा गरेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार