Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

राप्रपाको संगठन विस्तार अभियान

ओमसतिया–१ मा घिमिरेको नेतृत्व, सिनपा ७ मा पार्टी प्रवेश 


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ११, २०७७ मंगलवार
  • 1.5K
    SHARES

राप्रपाको संगठन विस्तार अभियान

भैरहवा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही संगठन विस्तार अभियानमा जुटेको छ । रुपन्देही जिल्ला भरि संगठनलाई ऐकबद्ध गर्दै राप्रपाले भेला, अधिवेशन तथा पार्टी प्रवेशको कार्यक्रमलाई निरन्तरतामा जोड दिएको छ । भेलाबाट ओमसतिया गाउँपालिका वडा नम्बर १ मा अर्जुन घिमिरेको अध्यक्षतामा २५ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा अखलेश यादव, सचिवमा सारुक खान पठान, कोषाध्यक्षमा प्रदिप घिमिरे, सह–सचिवमा मोती थारु र प्रवक्तामा चन्दु गुरुङ रहेका छन् । 
त्यस्तै सदस्यहरुमा विसन गुरुङ, पन्चराम ठाकुर, वसन्त गुरुङ, मनोज सरकार, सयल कुमारी चाई, गिता चौधरी, दिप कुमारी चौधरी, नन्दु श्रीवास्तव, झकरी कुर्मी, संजय चाई, तुल्सी गाहा, संतोष मल्लाह, मोहन थारु, सनोज चाई, सल्लु पठान, तिलक सिंह कोइराला, तुफेल पठान, बेल बहादुर बराल र जगत बहादुर थापा चयन भएका छन ।

152669696_3705127019607940_8287807124045336502_n.jpg
ओमसतिया गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष बेल बहादुर बरालको अध्यक्षता, राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराको प्रमुख आतिथ्यता, केन्द्रीय कार्यसम्पादन समिति सदस्य प्रदिप उदय, ताहिर अलिको विशिष्ट आतिथ्यता, केन्द्रीय सदस्य तोयानाथ लम्साल, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष अजय कुमार गुप्ता, युवक संगठनका सह–महामन्त्री अर्जुन थापा, युवा नेता शंकर खत्री, तिलक कोइराला, तुफेल पठान लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

152500700_3704752316312077_6284548376525433233_n.jpg
यस्तै सिद्धार्थनगर वडा नम्बर ७ का एक दर्जन युवाहरु सोमबार राप्रपामा प्रवेश गरेका छन । राप्रपा सिद्धार्थनगर–७का अध्यक्ष रमजान मुसलमान, नेतृ राधा बस्याल र युवा नेता प्रकाश ढाडीको नेतृत्वले विभिन्न पार्टीमा रहेको युवाहरुले राप्रपामा प्रवेश गरी सदस्यता लिएका हुन । जिल्ला पार्टी कार्यालयमा नवआगन्तुक सदस्यहरुलाई राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहरा, केन्द्रिय सदस्य ताहिर अलीले टिका लगाई सदस्यता प्रदान गरेका थिए ।

152556555_3704725566314752_4725728817748034913_n.jpg


  • सम्बन्धित विषय:

  • # राप्रपा

  • लुम्बिनी चिन्तन

    थप समाचार