Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

अनेम संघ सिद्धार्थनगर कमिटीमा पार्वती पौडेल


  • लुम्बिनी चिन्तन
  • भाद्र १२, २०७८ शनिवार
  • 2.2K
    SHARES

अनेम संघ सिद्धार्थनगर कमिटीमा पार्वती पौडेल

भैरहवा ।  अखिल नेपाल महिला संंघ सिद्धाथएनगर कमिटीको अध्यक्षमा पार्वती पौडेल चयन हुनुभएको छ ।

संघको शनिवार भैरवामा सम्पन्न नगरको दशौं सम्मेलनबाट संघको अध्यक्षमा पार्वती पौडेल, उपाध्यक्षमा विजया गिरी, सचिवमा दिल कुमारी कुंवर, सह सचिवमा सृजना जोसी, कोषाध्यक्षमा शुष्मा थापा क्षेत्री चयन हुनु भएको छ ।

यस्तै संघको नगर समिति सदस्यमा कुमारी थापा, पुष्पा थापा, गंगा पौडेल, रमा श्रेष्ठ, अनिता थापा, सावित्रा भण्डारी, गंगा घिमिरे , सविता हरिजन, खातुन, मनिकला खनाल,  सविता रसाईली चयन हुनुभएको छ । संघका नगर अध्यक्ष पार्वती पौडेलको अध्यक्षता तथा नेकपा एमाले लुम्विनी प्रदेश कमिटी सचिवालय सदस्य एवम् अनेम संघ केन्द्रिय कमिटी सदस्य लक्ष्मी कोईरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

collage (41).jpg

सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोईरालाले नेपालका जुनसुकै परिवर्तनकारी आन्दोलनमा महिलाको मुख्य भुमिका रहेको भन्दै ईतिहांसलाई आत्मसाथ गर्दै राजनितीक वा प्रशासनिक क्षेत्रमा महिला सहभागिता बढाउनु पर्ने बताउनु भयो ।

सो अवसरमा बुटवल उपमहानगरपालिकाका उपाध्यक्ष गोमा आचार्य, नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सचिव विश्वराज वराल, अनेम संघ केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज पम्फादेवी खनाल, नेकपा एमाले क्ष्ँेत्र नम्बर ३ रुपन्देहीका संयोजक हित राज पन्थी, पार्टीका सचिवालय सदस्य गंगा कार्की,नेता भरत कुमार पोख्रेल,नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा नगर ईन्चार्ज चोपलाल आचार्य, अनेम संघ केन्द्रिय सदस्य तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य उमा अधिकारी, नेकपा एमाले नगर कमिटी सचिव चक्र बहादुर थापा लगायतले नव निर्वार्चित कमिटीलाई बधाई तथा शुभकामना दिदै विचलित नभई पार्टीमा क्रियाशिल हुन आग्रह गर्नुभयो ।

सो अवसरमा पार्टीका नेता कार्यकर्ता तथा अनेम संघका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उपस्थितिले जिल्लामा पार्टी विभाजनको कुनै असर नदेखिएको र सबै संस्थागत पक्षमै रहेको सन्देश प्रवाह गरेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार