भैरहवा । रुपन्देहीबाट २३ जना जनप्रतिनिधीले नयाँ दर्ता भएको दल रोजेका छन ।
सरकारले राजनैतिक दल फुटाउने सम्बन्धि ल्याएको अध्यादेशपछि नेकपा एमालेका ५ जना र जनता समाजवादी पार्टीका १८ जना जनप्रतिनिधिहरुले नयाँ दल रोजेका हुन ।
निर्वाचन आयोगले नयाँ दर्ता भएको दल रोज्नका लागि मंगलबार साझ सम्म समयसिमा दिएर निर्वाचन कार्यालयमा पुगि सनाखत गर्नु पर्ने छ । जस अनुरुप सोमबार साझ सम्म रुपन्देहीमा नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीमा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्ले सहित ५ जनाले सनाखत गरेका छन भने जनता समाजवादी पार्टी, नेपाल बाट मर्चवारी गाँउपालिका अध्यक्ष केशबनन्द बनिया, उपाध्यक्ष सुनिता कलवार सहित १८ जनाले लोकतान्त्रिक समाजवादी पार्टी रोज्ने गरी सनाखत गरेको निर्वाचन आयोग रुपन्देहीका प्रमुख निर्वाचन अधिकृत अयोध्या भण्डारीले बताए ।
जनप्रतिनिधिहरु निर्वाचन कार्यालय पुगेर सनाखत गर्नु भएको छ, भोली साझ सम्मको समय छ । नेपाली नागरिकको आधिकारिक परिचय–पत्र र निर्वाचन आयोगले प्रदान गरेको निर्वाचित जनप्रतिनिधिको प्रमाण–पत्र वा सम्बन्धित स्थानीय तहको प्रमाणित परिचय–पत्र सनाखतका अनिवार्य गरिएको प्रमुख भण्डारीले प्रमुख भण्डारीले बताए ।
सोमबार उपप्रमुख काफ्लेसहित बुटवल उपमहानगरपालिका–१८ का वडा सदस्य गोपाल नेपाल, वडा नम्बर २ का वडा सदस्य सुनिल शाक्य, वडा नम्बर ३ का वडा सदस्य चीन बहादुर गुरुङ र तिलोत्तमा नगरपालिका वडा नम्बर ११ का वडा सदस्य यज्ञेश्वर क्षेत्रीले नेकपा (एकीकृत समाजवादी) रोजेका छन । प्रदेश सांसदको हकमा प्रदेशका निर्वाचन कार्यालयमा जनप्रतिनिधि आफैँ पुगेर सनाखत गर्नुपर्ने छ ।