Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पूर्व अर्थमन्त्री पौडेल र टोपबहादुर रायमाझीले गरे पहिरोको निरीक्षण


  • लुम्बिनी चिन्तन
  • भाद्र २१, २०७८ सोमवार
  • 1.1K
    SHARES

पूर्व अर्थमन्त्री  पौडेल र  टोपबहादुर रायमाझीले  गरे पहिरोको निरीक्षण

बुटवल । नेकपा एमालेका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवलको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र पहिरो निरीक्षण गरेका छन् । आज बिहान गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल मार्फत रुपन्देही आएका पौडेलले पहिरोले प्रभावित क्षेत्रको निरीक्षण गर्दै तीनै तहका सरकारलाई पहिरो बुटवलको पहिरो न्यूनीकरणमा भूमिका खेल्न आग्रह गरेका छन् । 

नेता पौडेलसँगै पूर्व मन्त्री एवं एमालेका नेता टोपबहादुर रायमाझीले पनि पहिरोको निरीक्षण गरेका थिए । 

नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको भोली हुने बैठकलाई सम्बोधन गर्न नेताद्वय पौडेल र रायमाझी बुटवल आएका छन् । सोही क्रममा पहिरोको निरीक्षण गरेका हुन् । 

भदौं १३ र १४ भदौको भारी वर्षापछि ज्योतिनगर क्षेत्र पहिरोले प्रभावित बनेको छ । चुरे क्षेत्रबाट आएको पहिरोले ५ दर्जन बढी घरमा क्षति पुराएको छ । पहिरोबाट बुटवलको बमघाट र ज्योतिनगरको सीमा क्षेत्रका बस्ती सबैभन्दा बढी जोखिममा परेका छन् । २०३८र२०५५ सालको बाढीले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र नराम्रोसँग प्रभाावित भएको थियो। ज्योतिनगरमा २०५५ साल भदौ २० गते चुरे पहाड नै खसेपछि ५७ घर क्षतिग्रस्त भएका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार