Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

समाजवादी महिला संघद्वारा तीजको शुभकामना आदान प्रदान


  • भाद्र २२, २०७८ मंगलवार
  • 956
    SHARES

समाजवादी महिला संघद्वारा तीजको  शुभकामना आदान प्रदान

भैरहवा । रोहिणी ६  पर्सामा सोमबार हरितालिका तीजको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

जनता समाजवादी पार्टी नेपालको महिला संगठन समाजवादी महिला संघ क्षेत्र नं १ को आयोजना जनता समाजवादी पार्टी नेपाल रुपन्देहीको जिल्ला सदस्य गायत्री यादवको अध्यक्षता, लुम्बिनी प्रदेशकी कृषी मन्त्री सुमन शर्मा रायमाझीको प्रमुख आथित्यता र लुम्बिनी प्रदेशकी श्रम तथा यातायात मन्त्री पुरमति डेगा मगरको विशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी नेपालको प्रदेश उपाध्यक्ष धनेश्वरी चौधरी कुर्मीले स्थानियहरुलाई चुनावको बेलामा पैसामा आफ्नो भोट नबेच्न अनुरोध गरन् । मधेशी समुदायमा तीजको बेलामा २४ घण्टानै निलजरा ब्रत बस्ने परमपरालाई परिर्वतन गर्न आवश्यक रहेको उनले बताईन् । 

collage (7).jpg

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका वरिष्ट नेता महेन्द्र यादव, जनता समाजवादी पार्टी नेपालका प्रदेश सदस्य रविना भण्डारी, विद्यार्थी नेता एलिसा के.सीको आथित्यता रहेको थियो ।  

कार्यक्रममा महेन्द्र यादव, रविना भण्डारी लुम्बिनी प्रदेशकी कृषी मन्त्री सुमन शर्मा रायमाझी, लुम्बिनी प्रदेशकी श्रम तथा यातायात मन्त्री पुरमति डेगा मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए । युसुफ खानको स्वागत मन्तव्य र रोहित साहानीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा १३० परिवारलाइ सारी र चुरा समेत वितरण गरिएकाे थियाे ।


थप समाचार