भैरहवा टुगा आस्था विकास साकोसले शोक राहत र सहयोग वितरण गरेको छ ।
ओमसतिया १ स्थित केन्द्रिय कार्यालयले सदस्य गुमाएको र बाढीबाट प्रभावित भएका सदस्यलाई सहयोग र शोक राहत वितरण गरेको हो ।
संस्थाले सदस्य गुमाएको दुखको क्षणमा शोकाकुल परिवारको घर आँगनमा पुगेर शोक व्यक्त तथा आर्थिक सहयोग प्रदान गर्ने संस्थागत नीतिलाइ कोभिड–१९ को निषेधाज्ञाले असहज पुर्याएको सन्दर्भमा निषेधाज्ञा अवधिमा निधन हुनुभएका सदस्य वा हकवालाको परिवारलाई शोक राहत वितरण गरेको संस्थाका अध्यक्ष डी.बि. थापाले जानकारी दिए । संस्थाले १८ जना स्वर्गीय सदस्य वा हकवाला प्रति शोक सभा आयोजना गरि संस्थाको नीति बमोजिम परिवारलाई शोक समवेदना सहयोग प्रदान गरिएको अध्यक्ष थापाले जानकारी दिए ।
यसै गरी साकोसले रुपन्देहीमा भाद्र १०, ११ गते परेकोे अविरल वर्षाका कारण संस्थाका सदस्यहरुको घर क्षति भई प्रभावित बनेकोले प्रभावित परिवारलाई सहयोग वितरण गरिएको संस्थाका मुख्य प्रबन्धक लक्ष्मण थापाले बताए । संस्थाले प्रभावित परिवारको पहिचान गरी ९ जना घर क्षति भएका सदस्यलाई जनही तीन हजार ५ सय तत्कालका लागि आर्थिक सहयोग गरेको जानकारी दिए ।
सहयोग हस्तान्तरण संस्थाका अध्यक्ष डी.बि. थापा, उपाध्यक्ष परसुराम बास्तोला, संचालकहरु लक्ष्मी देवी के.सी., अर्चना देवी सुबेदी, धनराज शर्मा, बल बहादुर थापा, कार्यालयका कर्मचारी लगायतले गरेका थिए ।