Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

देशमा नयाँ परिस्थिति पैदा : मोहनविक्रम


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १३, २०७७ बिहिवार
  • 1.2K
    SHARES

देशमा नयाँ परिस्थिति पैदा : मोहनविक्रम

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले संसद पुनः स्थापनापछि देशमा नयाँ परिस्थिति पैदा भएको बताएका छन ।
प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले सर्वोच्च अदालतको फैसलाले संविधानलाई बलियो र विश्वासिलो   बनाएको बताए । 
संसद पुनः स्थापन गर्ने सर्वोच्च अदालतको फैसलालाई धन्यबाद छ, दिदै उनले अब राजावादी, भारतीय र अमेरिकी साम्राज्यवादी शक्तिको सक्रियताले नयां प्रकारको जटिलता आउन सक्ने बताए । यो अवस्थाका लागि मुख्य रुपमा ओली नै जिम्मेवार रहेको उनले भने ।
ओलीको गलत कार्यशैलीका कारण अहिलेको अवस्था सिर्जना भएको उल्लेख गर्दै पार्टी भित्रको विवादलाई ओलीले फेस गर्न नसकेका कारण देश संकटको अवस्थामा पुगेको बताए ।
अब बन्ने सरकारले एमसीसी ल्याउन सक्ने खतरा रहेकाले सचेत हुनुपर्नेमा जोड दिंदै अब बन्ने सरकारको नीति र कार्यक्रमका आधारमा पार्टीले त्यो सरकारलाई समर्थन र बिरोध गर्ने बताए । संसदको निर्णलाई ओलीले स्वीकार गरेर देशलाई अगाडी बढ्नका लागि वातावरण बनाइ दिंदा देशको हित हुने महामन्त्री सिंहको तर्क छ । भारतले नेपालमा अस्थिरता चाहेको र अमेरिकाले एमसीसी ल्याएर नेपालमा शैन्य शक्ति भित्राउन खोजेको उनले बताए । अब समिकरणमा मात्रै सरकार बन्ने देखिएको छ , चाहे कांगे्रस र ओलीको समिकरण हुन्छ वा कांगे्रस, प्रचण्ड–माधव समूहको नेकपा र मधेशवादीको समिकरणमा हुन्छ । को कता समिकरण बनाउछ अबको केही दिनमै देखिने उनले बताए । राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालय, बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रम प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देहीका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता र कोषाध्यक्ष बिरेन्द्र कुवरको संचालनमा भएको थियोे ।


लुम्बिनी चिन्तन

थप समाचार