Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बजारीकरण, पार्किङ र मन्डी ब्यवस्थापन गर्नमा भुमिका रहने : ओम जैशी


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १४, २०७७ शुक्रवार
  • 1.5K
    SHARES

बजारीकरण, पार्किङ  र मन्डी ब्यवस्थापन गर्नमा भुमिका रहने : ओम जैशी

आगामी फागुन २१ र २२ गते हुने सिद्धार्थ उद्योग वाण्ज्यि संघ रुपन्देहीको नया कार्यसमिती चयन हुदैछ । २ वर्षे कार्यकालको लागि उद्योग सदस्य तर्फ ओम जैशीले पनि उम्मेदवारी दिएका छन । ५ पदका लागि जैशी सहित ११ जनाले पनि उम्मेदवारी दिएका छन । अनिवार्य ५ मत दिने अधिकार मतदाता सदस्यहरुमा भए पनि जैशीको उम्मेदवारी संघको नेतृत्वमा किन ? सदस्यले किन मत दिने । जवाफ जस्ताको तस्तै 

interview.jpg
सबै भन्दा पहिला त यहाले मेरो भावना प्रकट गर्ने स्थान उपलब्ध गराई दिनु भएकोमा धन्यवाद ।
सिद्धार्थ उद्योग वाणिज्य संघ हामी उद्योगी ÷ ब्यापारीहरुको एउटा यस्तो संस्था हो जहाँ हाम्रा विभिन्न किसिमका भावना जोडिएका छन । एकातिर हाम्रा सुखदुःख , उतारचढाव , भाईचारा , बन्धुत्व आदि छन भने अर्का तर्फ हामी आफ्नो ब्यापार ब्यवसाय गरि रहदाका साझा समस्या । बजार त धेरै छन तर बजारीकरण छैन, ग्राहक खै ? मन्डी ब्यवस्थापन गर्नमा भुमिका रहने छ ।
यस्तै बजारमा अहिले भएको पार्किङको अस्तब्यस्तका कारण हामी ले भोग्नु परेको समस्या छ ।  बैंक रोड लगायतका अति ब्यस्त बजार र मुख्य बजारमा सौचालयको आवस्यकता, व्यवस्थापनका समन्वयको अभावले सर्भिसलेनमा जामका कारण सर्वसाधरण सास्ती खेपिरहेको समस्यालाई पनि समाधानमा पहल गर्जुका साथै गल्लामन्डी, आलु मन्डी बजार जहाँ हेबि मालवाहक गाडीहरुको आवतजावत हुन्छ, त्यहाँ ती गाडीहरुको लोडीङ्ग ÷ अनलोडिङ्ग उचित ब्यबस्थापन गर्ने । 
सिद्धार्थनगर र आसपासका क्षेत्रहरु एउटा उद्योगको हबको रुपमा अगाडी आईरहेको परिपे्रक्ष्यमा, उद्योगी साथीहरुले दिनहु जस्तो सामना गर्नु परेको बिधुतको अतिरिक्त शुल्क जस्को प्रत्यक्ष मार हामी सबैलाई परिरहेको छ , सम्बन्धि ठाउमा कुरा पुगिरहदा पनि राज्यको उचित निति नभएका कारण हामी मारमा छौ । 
पचास ठाउमा लेप्छे लगाई दोब्बर रकम बराबरको धितो राखी बैंकमा ऋण लिएर संचालित हाम्रा उद्योगहरुको बजारीकरण, मुख्य रुपमा निर्यातमा वढावा  गर्न राज्यसँग उचित समन्वय गर्दै नीति तर्जुमाका साथ अगाडि बढ्उनमा संघ मार्फत पहल गर्ने ।  
कोभिडका कारण ठप्प परेको हाम्रो मनोरन्जन र पर्यटन क्षेत्र , बिस्तारै चलायमान गर्नका निमित्त ठोस कदमका साथ नाकामा भइरहेको अबरोधलाई दुवै क्षेत्रका सरोकारवाला निकायसँग पहल गर्ने र सहजीकरणको भुमिका खेल्ने । सहज रुपमा हाम्रा होटलहरुमा अतिथीहरुको स्वागत र  सिनेमा हलहरुमा दर्शक भित्र्याउने वातावरण बनाउने । भारतीय पर्यटकरु बिहान नेपाल भित्रिएर साझ भारतमै गएर सुत्ने गर्दछन, हाम्रा होटलहरुमा को सुत्ने ? लुम्बिनीमा विभिन्न देशका आ–आफ्ना गेस्ट हाउस छन , हाम्रा लुम्बिनीका होटलहरु कहाँ जाने , ब्याज कहाँ बाट ल्याउने ? 
यी यावत कुराहरुलाई मैले बाहिर रहदा पनि नियाली रहेको छु , अब म निर्वाचित भएर आएको खण्डमा अध्यक्ष लगायत पदाधिकारी साथी एवम् सदस्य साथीहरुसँग समन्वय गरि हामी सबै मिलेर यी यावत समस्याहरुको समाधान तर्फ उनमुख हुने थियौ ।


  • सम्बन्धित विषय:

  • # सिद्धार्थ उद्योग वाणिज्य संघ

  • लुम्बिनी चिन्तन

    थप समाचार