Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

९ बर्ष देखि कार्यसमितिमा छु, पेट्रोलियम, गल्लाको व्यापारको पक्षमा रही व्यापारीक समस्यालाई वोर्डमा ल्याएर समाधान गर्न सक्छु : भुवन कान्दु


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १९, २०७७ बुधवार
  • 1.7K
    SHARES

९ बर्ष देखि कार्यसमितिमा छु, पेट्रोलियम, गल्लाको  व्यापारको पक्षमा रही व्यापारीक समस्यालाई  वोर्डमा ल्याएर समाधान गर्न सक्छु : भुवन कान्दु

सिद्धार्थ उद्योग वाणिज्य संघको आगामी फागुन २१ र २२ गते अगामी नेतृत्वका लागि साधारण सभा तथा अधिवेशन हुदैछ । २ वर्षे कार्याकालका लागि नया कार्यसमितीका पादाधिकारीहरु सर्वसम्मत निर्वाचित भएपनि सदस्यहरुमा आकाक्षी धेरै रहेकोले मतदान हुने पक्का भएको छ । उद्योग तर्फ एक महिला सहित ६ सदस्य पदमा निर्वाचन हुदैछ । एक पद महिलाका लागि ४ जना र खुला सदस्य तर्फ  भुवन कान्दु सहित ११ जनाको उम्मेदवारी परेको छ । अनिवार्य ५ मत दिने अधिकार मतदाता सदस्यहरुमा भएपनि कान्दुको संघमा उम्मेदवारी किन र सदस्यले नेतृत्वका लागि किन मत दिने ? । जवाफ जस्ताको तस्तै 

bhuwan.jpg
आगामी फाल्गुण २२ गते सम्पन्न हुने सिद्धार्थ उद्योग वाणिज्य संघको निर्वाचनमा म भुवन कान्दुले पनि कार्यसमिति सदस्य पदमा उम्मेद्वारी दिएको छु । ४० बर्ष अघि बुटवल बाट बसाई सरेर व्यापार उद्योग गर्न भैरहवा  आएका हौ । मेरो बाजे, बुवा हुदै म ३० बर्ष देखि नियमित व्यापार उद्योगमा सक्रिय रुपमा रहेको छु । व्यापार गर्दै मेरा बाबा काकाहरु सिद्धार्थ उद्योग बाणिज्य संघमा पनि सक्रिय हुनुहुन्थ्यो । म पनि सक्रिय सहभागी हुन पर्छ  भनेर नै संघमा छु । सिद्धार्थ उद्योग बाणिज्य संघका गतिविधि संग म ३० बर्ष अघि देखि नै नजिकबाट नियालिरहेको छु । ब्यापारी उद्यमीका निम्ति यस संघको महत्व राम्ररी बुझेको पनि छु । ब्यापारी उद्योगीका हितमा गरिएका केही संघर्षका कार्यक्रमहरु पनि मैले रामरी देखेको छु । अन्तराष्ट्रिय विमानस्थलको आवाज  सस्थागत रुपमा पहिला यसै सिद्धार्थ उद्योग वाणिज्य संघले उठाएको हो, भ्याटका विषयमा होस् या यातायात सिण्डीकेटका विषयमा यो संघको भूमिका अतुलनीय छ ।
यहि भैरहवामा हुर्केर यसको इतिहास लाई पनि मैले हेरेको छु । तसर्थ मलाई यस संघमा रहेर यस थप केही जिम्वेवारी लिएर केहि गर्न इच्छा जाग्नु स्वाभाविक हो जस्तो लाग्छ । तसर्थ  संघको यस निर्वाचन कार्यक्रममा उद्योग तर्फबाट सदस्यको रुपमा उम्वेद्वारी दिएको छु ।
साथीहरु विभिन्न व्यापार उद्योग क्षेत्रवाट प्रतिनिधित्व गर्नु भएको छ, पेट्रोलियम व्यवसाय बाट म मात्र विगत ९ बर्ष देखि संघमा कार्यसमितिको रुपमा सहभागी रहेको छु । साथै भैरहवाको गल्लामण्डी जस्तो महत्वपूर्ण   ठाउमा मेरो बसाई र गल्ला को पनि ब्यापार भएकाले संघमा बसेर व्यापारीका हितमा संघले दिएको जिम्वेवारी  पुरा गर्न सक्छु  र समस्याहरुलाई वोर्डमा ल्याएर समाधान गर्न सक्छु भन्ने मलाई बिश्वाश छ । सबै उम्मेद्वार साथिहरु योग्य हुनुहुन्छ ,५ जनालाई मतदान गर्न पाउने अवसरमा मलाई पनि पुन मतदान गरि सहयोग गरिदिनु हुन् अनुरोध पनि गर्छु ।


  • सम्बन्धित विषय:

  • # सिद्धार्थ उद्योग वाणिज्य संघ

  • लुम्बिनी चिन्तन

    थप समाचार