Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा विकास र समृद्धिको जग वसाल्ने मै हो


  • लुम्बिनी चिन्तन
  • मंसिर १, २०७९ बिहिवार
  • 816
    SHARES

रुपन्देहीमा विकास र समृद्धिको जग वसाल्ने मै हो


दिपक बोहोरा 
राप्रपा प्रतिनिधि सभा सदस्य उम्मेदवार रुपन्देही क्षेत्र नं ३


रुपन्देही क्षेत्रनं ३ का उमेदवार राप्रपाका बरिष्ठ नेता दिपक बोहोरा अहिले प्रतिनिधि सभा निर्वाचनमा चुनाबि मैदानमा छन् । निर्वाचन प्रचारप्रसारमा १८ घण्टा फिल्डमा खटिएका बोहोरा पोष्ट कोबिडका कारण घर दैलो र कोषसभाहरुमा भने बोल्ने गरेका छ्रैन्न् । कार्यक्रमहरुमा राप्रपाका पुर्ब गृहमन्त्री निरन्जन थापाले सम्बोधन गर्ने गर्दछन् । हरेक दिन बिहान घर बाट बाहिर निस्कने समयमा   निर्वाचन परिचालन कमिटिलाई निर्देशन दिने गर्दछ । मंसिर ४ गते सम्पन्न हुन गैरहेको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा पाँचलदलीय गठबन्धन र नेकपा एमालेको नेतृत्वमा राप्रपा र जसपाको तीनदलीय चुनावी तालमेलका साथ मैदानमा उत्रिएका छन् । 
रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण र राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराबीच चुनावी प्रतिस्पर्धा छ । निर्वाचनको मिति नजिकदै गर्दा दल तथा तीनका उम्मेदवारहरु चुनावी मैदानमा भोट माग्नमा व्यस्त छन् । आसन्न निर्वाचनमा राप्रपाको नीति, चुनावी एजेण्डा, प्रतिवद्धता लगाएका विषयमा केन्द्रित रहेर राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरासँग गरिएको कुराकानी ।

निर्वाचन हुने दिन नजिकिदै गएको छ , तपाईले तयारी कसरि गरीरहनु भएको छ ?
हाम्रो तिन दलिय तालमेल छ । नेकपा एमालेको नेतृत्वमा राप्रपा र जसपा बिच हामी चुनाबि तालमेलका साथ निर्वाचनमा होमिएका छौ । म लगायत हाम्रो तीनदलीय तालमेलमा सहभागी साथिहरु बिच हाम्रा साझा चुनावी एजेण्डा लिएर निर्वाचनमा होमिएका छौं । प्रतिनिधी सभा निर्वाचनमा मेरो उमेदवारी र भने प्रदेश क मा जसपाका महेन्द्र यादव निर्वाचनमा हुनुहुन्छ भने प्रदेश ख बाट एमालेका प्रदेस सभा सदस्य तुल्सी चौधरी उमेदवार हुनु हुन्छ । हाम्रो साझा एजेण्डा भनेको रुपन्देही क्षेत्र नम्बर ३ सहित समग्र रुपन्देही जिल्लाको दिगो विकास गर्ने हो । विकास एउटा प्रक्रिया हो । यो प्रक्रियालाई सही ट्रयाक दिने काम हाम्रो हो । खास गरी हामीले हाम्रा क्षेत्रको नागरिकका समस्या संकलन गरी त्यसको समाधान गर्नेतर्फ लाग्नेछौं । नागरिकको सर्वोपरी हितलाई ध्यानमा राखेर विकासको मोडल तयार गर्ने, समृद्धिको खाका तयार गर्ने र नागरिकलाई रोजगारीसँग जोडेर उनीहरुको भविष्य उज्जवल बनाउने योजनामा हामी लागेका छौं । हामीले खास गरी सडक संजाललाई विस्तार गर्ने, ग्राभेल नभएका सडकमा ग्राभेल गर्ने, कालोपत्रे पीच नभएका सडकपीच गर्ने, अन्य पूर्वाधार विकासलाई विशेष ध्यान दिने, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको विकासका लागि थुप्रै काम गर्नुपर्नेछ । रुपन्देही क्षेत्र नम्बर ३ भौगोलिक, जातीय, साँस्कृतिक, ऐतिहासिक, पर्यटकीय विविधतामा एकता भएको निर्वाचन क्षेत्र हो । अन्तर्राष्ट्रिय सीमा नाका बेलहियादेखि पुर्व पश्चिम राजमार्गसम्म फैलिएको यो निर्वाचन क्षेत्रको विकासको लागि हामी निर्वाचित भइसकेपछि सबैभन्दा पहिले हामीले अल्पकालीन र दीर्घकालीन योजनासहितको गुरुयोजना बनाएर काम गर्नेछौं । 


तपाईको क्षेत्रमा मतदाताका माग गुनासा के के  छन् ?
यस क्षेत्रको मुख्य समस्या भनेको कृषकहरुले उत्पादन गर्ने कृर्षी उपजले सहि मुल्य नपाउदा कृषकहरुको मिहेनत हरेक बर्ष खेर गईरहेको छ । यसको ब्यावस्थापन आबस्यक छ । त्यसैगरी सिचाईको आवस्यकता अर्को पाटो छ । स्वास्थ्यका समस्या छन् । सरकारले स्वास्थ्य बिमा ल्याए पनि अहिले स्वास्थ्य बिमाको रकम सर्बसाधारणले पाउन नसक्दा बिमा तर्फ पुन सर्बसाधारणहरु बिश्वस्त नहुन सक्छन् त्यसलाई निरन्तर कार्यान्वय र बिस्वासिलो बनाउनु आबस्यक छ । शिक्षाको पुर्वाधार बिकास संगै अर्बो लगानी रहेको पर्यटन क्षेत्र जोखिममा छ । यस क्षेत्रको लगानी सुरक्षीत गर्नका लागी गौतबुद्ध अन्तराष्ट्र्यि बिमानस्थल संचालनमा देखीएको समस्याहरुलाई गंभिर ढंगबाट समाधान गर्नु पर्दछ । बुद्ध जन्मस्थल लुम्बिनीमा बिश्वका बौद्धमार्गीहरु आउने अवस्था श्रृजना गर्नु पर्दछ ।
हामीले सबैभन्दा बढी पर्यटक भित्रिने स्थल मार्ग बेलहिया र हवाइमार्ग अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी घुम्न आउने हजारौं विदेशी पर्यटकहरुलाई सियारी र शुद्धोधनको कृषि पर्यटन, मत्स्य पर्यटन, जल पर्यटन र प्राकृतिक पर्यापर्यटनको उपयोग गर्न गराउने गरी योजना बनाएका छौं । 
त्यसैगरी पर्यटन क्षेत्रको विकासका लागि डण्डा करिडोरलाई व्यवस्थित गरी पर्यटकिय केन्द्रको रुपमा विकास गर्ने, भैरहवा लगायतका पर्यटकीय बजारलाई रात्रीकालिन बजारको रुपमा विकास गर्ने तथा भैरहवामा मेला तथा महोत्सव सञ्चालनका लागि भैरहवा मण्डपका लागि आवश्यक पहल गर्ने मुख्य योजना रहेका छन् । अतिथि देवो भवःको मूल नारालाई आत्मसाथ गर्दै सेमलारमा रहेको ताल, दर्वाह पार्क, तिनाउमा ग्रीनरी लगायतका काम गर्ने योजनाहरु छन् । 

मतदाताका गुनासाहरुलाई सम्बोधन गर्न मतदाता संग के के बाचा गर्नु भएको छ ?
रुपन्देहीले धेरै बिकासको फड्को मारिसकेको अवस्था छ । यहा अवका दिनमा केही पुर्वाधारको बिकास बाहेक भएकालाई नितीगत रुपमा संचालन गर्ने वातावरण भए मात्रै पनि पुग्छ । बिगत लामो समय देखी अलिअलि चलेको सेजलाई बेवस्थि तगर्ने , नेपाल भारत बिच बन्न लागेको सुनौलीको भन्सारलाई बनाउनका लागी पहल गर्ने , बनीसकेको एयर्पोलाई ब्यवस्थि रुपमा संचालन गर्ने , समस्यामा रहेको पर्यटन क्षेत्रलाई माथी उठाउनका लागी पर्यटन आगमन गर्न आबस्यक निती तथा कानुन परिमार्जन गर्न परे त्यसलाई सम्सोधन गरी पर्यटन आगमनलाई बढाउने । जस्का कारण पर्यटनका क्षेत्रमा भएको अर्बोको लगानी सुरक्षीत हुन्छ । ठुला र महत्वकान्क्षी योजना भन्दा पनि कृर्षी , पर्यटन , शिक्षा र स्वास्थ्यलाई कसरी ब्यवस्थि तगर्न सकिन्न भन्नेनै मेरो उमेदवारी हो भन्ने मतदाता समक्ष पुराएको छु ।

कसलाई मुख्य प्रतिप्रधि ठान्नु भएको छ ?

पदमा यस निर्वाचन क्षेत्रमा गठबन्धनका तर्फ बाट गृहमन्त्री बालकृष्ण खांण ज्यु हुनु हुन्छ । उहा मेरो मुख्य प्रतिशप्रधि भन्दा पनि म यो निर्वाचन क्षेत्रको साभाm उमेदवार हु । गृहमन्त्री ज्यु नै यस अगाडी २०७४ को निर्वाचनमा नेपाली काग्रेस संगको तालमेलमा खौण ज्यु समानुपातीकमा बसेर मलाई भोट माग्नु भएको थियो । अहिले नेकपा एमालेको तर्फ बाट चुनावी तालमेलमा छु । म हिजो काग्रेसको उमेदवार आज एमालेको उमेदवार म सबैको साझा उमेदवार ठानेकाले मैले प्रतिशप्रर्धि भन्नेको छैन । म एउटा साझा उमेदवार ठानेको छु । 


यहाको जित्ने आधार के के हुन ?
मेरोे जितने आधार भनेको हाम्रो पार्टी राप्रपा , एमाले र जसपा बिचको तालमेल नैहो । राष्ट्र्रिय जनमुक्ती पार्टी सहितको पांच दलिय गठबन्धन भन्दा हाम्रो तिनदलिय गठबन्धनको स्थानिय तहको मत ८ हजार बढी छ । अर्को काग्रेस पार्टी भित्रको असन्तुष्टी मत पनि हामीलाईनै आउछन् । एमालेको मत काग्रेसमा क्रस हुने अवस्था मुलुकको केन्द्रको राजनैतिक माहोलले पनि हुन सक्दैन । हामीले प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीलाई नै मानेका छौ । यो क्षेत्रको दिपक बोहोराको जित भनेको एमालेको जित हो । एमाले कार्यकर्ताले केपी ओली प्रधानमन्त्री भएको देख्न चाहेका छन् । 
अर्को कुरा मैले यो क्षेत्रको बिकासका लागी कहिल्यै नेतृत्वमा पुग्नै पर्छ भनिन् । कोभिडको पहिलो चरणमा लुम्बिनी प्रदेशको लागी करिव १५ करोड वरावको मेडिकल समानहरु बितरण गरेको छु । प्रतिमा निमा मेमोरियल फाउण्डेसन मार्फत चार्टर ल्फाइृट मार्फत अमेरिका बाट चाईल्ड भेन्टीलेटर , ईमरजेन्सी बेड , अक्सिजिन सिलीण्डर , अक्सिजन कन्सलटेटर , पिपिई , माक्स , सानेटाईजर लगायतका समानहरु लुम्बिनी प्रदेशका मुख्यमन्त्री मार्फत लुमिबनी प्रदेशका १२ वटै सरकारी अस्पतालहरुलाई हस्तान्तरणको ब्यावस्था गरेको थिए । त्यसैगरी प्रतिमान निमा प्रतिष्ठानलाई कोरोनाको समयमा ९ महिना क्वारेन्टी राख्नका लागी सहयोग गरेका थिए भने कोरोनाको समयमा देशभरका चिकीत्सकहरुलाई अनलाईन मार्फत कोरोनाका बिरामीहरुको उपचार र पोष्ट कोभिड पछिको अवस्थाका बिषयमा डक्टरहरुलाई अनलाईन तालिम प्रदान गर्ने काम गरेको थिए ।  यो यस क्षेत्रका जनताले मात्र नभएर लुम्बिनी प्रदेश सरकारलेनै देखेको बिषय हो ।

पटक पटक मन्त्रीहुदा यहाले रुपन्देहीलाई के गर्नु भयो ?
म रुपन्देहीबाट प्रतिनिधित्व गरेर सांसद् र सरकारमा सहभागी भएपछि रुपन्देहीको विकासका लागि धेरै काम गरेको छु । मेरै नेतृत्वमा बुटवलको दीपनगरमा बस्ती बसाउनेदेखि भैरहवामा एशियाली विकास बैंक (एडीबी) को सहयोगमा ठूलाठूला आयोजना भित्राउने काम गरेको छु । बुटवलको दीपनगर आज व्यवस्थित बस्तीको रुपमा विकास भएको छ भने भैरहवामा एडीबीको परियोजना भित्राएका कारण आज भैरहवा हेर्न लायक शहरको रुपमा विकसित हुँदै गएको छ । अर्को कुरा रुपन्देहीबासीलाई सिंचाई सम्बन्धी समस्या समाधान गर्न भैरहवा लुम्बिनी भूमिगत जल परियोजना भित्राउने काम मेरै नेतृत्वमा भएको हो । त्यही परियोजनाका कारण अहिलेसम्म रुपन्देहीको भैरहवा, सियारी, तिलोत्तमा, शुद्धोधन लगायतका पालिकाहरुमा स्थानीय कृषकले सिंचाईको सुविधा पाएका छन् । रुपन्देहीमा विद्युतीकरण गर्ने, बिजुलीका पोल तान्ने तथा गौतमबुद्ध विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माणका लागि नीतिगत तहमा काम गर्नेदेखि लिएर जग्गाधनीलाई मुआब्जा दिलाउने काममा मेरो भूमिका यहाँका नागरिकले महसुस गरेका छन् । 


तपाईहरुले जनतामाझ गरेका प्रतिवद्वताहरु के के हुन् ? मतदाताका लागि के के काम गर्नुहुन्छ ?
हाम्रो मुख्य चासो भनेको यहाँका जनताको जीवनस्तर कसरी उकास्ने भन्ने नै हो । म प्रतिवद्धता व्यक्त गर्न चाहन्छु, तपाईहरु समक्ष कसम खान चाहन्छु की यस क्षेत्रका जनतालाई समृद्धि र विकासको मूलधारमा जोड्ने काममा हामीले कुनै कसर बाँकी राख्ने छैनौ । हामी सबै मिलेर वर्गीय असमानतालाई पूर्ण रुपमा निर्मूल पार्न लागिपर्ने छौं । हामी विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई केन्द्रमा राखेर यो क्षेत्रको विकासको मुख्य योजनाहरु हिजोको दिनमा पनि बनाएका थियौं र भोलिका दिनमा पनि बनाउनेछौं । हिजोका दिनमा एमाले, राप्रपा र जसपाको नेतृत्वमा भए गरेका प्रदेशका राम्रा र जनपक्षीय योजनालाई निरन्तरता दिदैं प्रदेश तहका थप महत्वपूर्ण योजनालाई यस क्षेत्रमा ल्याउने प्रतिवद्वता व्यक्त गर्न चाहन्छौं । त्यसैगरी संघमा भए गरेका कतिपय राम्रा र दीर्घकालीन योजनालाई निरन्तरता दिदैं थप नयाँ योजनाहरुलाई यस क्षेत्रमा हामीले सुरुवात गर्नेछौं । अर्कोतर्फ हामी कृषकको हितमा हुने गरी मलको डिपो सञ्चालन गर्ने, यस क्षेत्रका मत्स्य कृषकहरुको लागि ठोस योजनासहित काम अगाडी बढाउने, शुद्धोधन र सियारीको मत्स्य जोनलाई अझै व्यवस्थित गर्ने, यस क्षेत्रको उत्पादित हरियो तरकारी र कृषि उपजको बजारीकरणको लागि पूर्ण सहयोग गर्ने तथा  चिस्यान केन्द्रमा राख्ने व्यवस्था मिलाउनेगरी योजना अगाडी सारेका छौं । 
पर्यटन क्षेत्रको विकासका लागि तपाईका योजना के के छन् ?
नेपालको समृद्धिको आधार कृषि र पर्यटन नै हो । यसैले हामी प्रदेश सरकार र संघीय सरकारको पहलमा कृषि केन्द्रित ठूला योजनाहरु हामी यस क्षेत्रमा ल्याउने छौं ताकी यस क्षेत्रका कुनै पनि किसान समस्या अल्झिन नपरोस् । हामी पर्यटनकोलागि विशेष योजनाको साथ काम गर्नेछौं । सबैभन्दा बढी पर्यटक भित्रिने स्थल मार्ग बेलहिया र हवाइमार्ग अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी घुम्न आउने हजारौं विदेशी पर्यटकहरुलाई सियारी र शुद्धोधनको कृषि पर्यटन, मत्स्य पर्यटन, जल पर्यटन र प्राकृतिक पर्यापर्यटनको उपयोग गर्न गराउने गरी योजना बनाएका छौं । 
त्यसैगरी पर्यटन क्षेत्रको विकासका लागि डण्डा करिडोरलाई व्यवस्थित गरी पर्यटकिय केन्द्रको रुपमा विकास गर्ने, भैरहवा लगायतका पर्यटकीय बजारलाई रात्रीकालिन बजारको रुपमा विकास गर्ने तथा भैरहवामा मेला तथा महोत्सव सञ्चालनका लागि भैरहवा मण्डपका लागि आवश्यक पहल गर्ने मुख्य योजना रहेका छन् । अतिथि देवो भवःको मूल नारालाई आत्मसाथ गर्दै सेमलारमा रहेको ताल, दर्वाह पार्क, तिनाउमा ग्रीनरी लगायतका काम गर्ने योजनाहरु छन् । 


लुम्बिनी चिन्तन

थप समाचार